परिवारसँग जोडेर सुनियोजित रुपमा म विरुद्ध समाचार प्रकाशित भए : कुलमान घिसिङ


काठमाडौं– आफ्नो दाजुभाइको समेत नाम जोडेर समाचार प्रकाशित भएको भन्दै नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आपत्ति जनाएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै घिसिङले केही सञ्चार माध्यमले आफ्नो र परिवारको बारेमा सुनियोजित रुपमा समाचार लखेको भन्दै आपत्ति जनाएका हुन् । पत्रकारिताको सिद्धान्त, मूल्य र आचारसंहितको उल्लङ्घन गर्दै आफ्नो परिवारका सदस्यहरुको चरित्रहत्या, मानप्रतिष्ठा र छविमा आघात पुर्याउने उद्देश्यले सुनियोजित रुपमा दूषित मनसायका साथ कपोकल्पित ढङ्गले भ्रमपूर्ण रुपमा समाचारहरु सम्प्रेषण गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रुपमा निहीत स्वार्थकासाथ यस्ता समाचारहरु सम्प्रेषण भइरहेको भन्दै यस्ता समाचारको भ्रममा नपर्न यसै विज्ञप्तिमार्फत अनुरोध गरेका छन् । प्रचलित कानुनको परिधिभित्र रहेर निष्ठासाथ दिनरात एवम् आफ्नो व्यक्तिगत जीवनलाईसमेत प्रवाह नगरी अहोरात्र खटी नेपाल सरकारले दिइएको जिम्मेवारी निष्ठापूर्वक प्रतिबद्धताकासाथ पूरा गरिरहेको र नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारीपूर्वक जवाफदेही बनी आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई बद्नाम गराउने दुराशयकासाथ लगाइएका आरोपहरुको लगाएकाे घिसिङकाे भनाइ छ।


लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्
-
बुधबार यी नदीमा बाढीको जोखिम, सतर्क रहन आग्रह
-
सिरहामा आधाभन्दा बढी डिप बोरिङ अझै सञ्चालनमा आएनन्
-
देशभर मनसुन कमजोर, तर वर्षाको सम्भावना कायम
-
सेयर बजारमा सबै सूचक हरियाली, कारोबार रकम घट्यो