परिवारसँग जोडेर सुनियोजित रुपमा म विरुद्ध समाचार प्रकाशित भए : कुलमान घिसिङ
जलसरोकार
काठमाडौं– आफ्नो दाजुभाइको समेत नाम जोडेर समाचार प्रकाशित भएको भन्दै नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आपत्ति जनाएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै घिसिङले केही सञ्चार माध्यमले आफ्नो र परिवारको बारेमा सुनियोजित रुपमा समाचार लखेको भन्दै आपत्ति जनाएका हुन् । पत्रकारिताको सिद्धान्त, मूल्य र आचारसंहितको उल्लङ्घन गर्दै आफ्नो परिवारका सदस्यहरुको चरित्रहत्या, मानप्रतिष्ठा र छविमा आघात पुर्याउने उद्देश्यले सुनियोजित रुपमा दूषित मनसायका साथ कपोकल्पित ढङ्गले भ्रमपूर्ण रुपमा समाचारहरु सम्प्रेषण गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रुपमा निहीत स्वार्थकासाथ यस्ता समाचारहरु सम्प्रेषण भइरहेको भन्दै यस्ता समाचारको भ्रममा नपर्न यसै विज्ञप्तिमार्फत अनुरोध गरेका छन् । प्रचलित कानुनको परिधिभित्र रहेर निष्ठासाथ दिनरात एवम् आफ्नो व्यक्तिगत जीवनलाईसमेत प्रवाह नगरी अहोरात्र खटी नेपाल सरकारले दिइएको जिम्मेवारी निष्ठापूर्वक प्रतिबद्धताकासाथ पूरा गरिरहेको र नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारीपूर्वक जवाफदेही बनी आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई बद्नाम गराउने दुराशयकासाथ लगाइएका आरोपहरुको लगाएकाे घिसिङकाे भनाइ छ।


लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो