विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्ष धितालद्वारा शपथ ग्रहण
जलसरोकार
काठमाडौं : नेपालको ऊर्जा क्षेत्रको नियामक निकाय विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धितालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष डा. धिताल तथा सदस्यहरू बलराम सिलवाल, लोकराज पाठक र जयराज भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथग्रहण समारोहमा मन्त्री श्रेष्ठले आयोगमा अनुभवी नेतृत्व आएको उल्लेख गर्दै ऊर्जा क्षेत्रको नीतिगत तथा संरचनागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए । उनले आयोगका कामकारबाहीलाई मन्त्रालयबाट आवश्यक सहयोग र सहजीकरण हुने प्रतिबद्धता पनि व्यक्त गरे ।
नवनियुक्त पदाधिकारीहरूले सरकारको नीति र सुशासनको भावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्। आयोगका अध्यक्ष डा. धितालले सुशासनका मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्दै मन्त्रालयको मार्गनिर्देशनमा नियामकीय भूमिका प्रभावकारी रूपमा निर्वाह गरिने बताए ।
उनले विद्युत्काे राष्ट्रिय खपत वृद्धि, ऊर्जा क्षेत्रको व्यवस्थापन तथा नियमनलाई थप प्रभावकारी बनाउने दिशामा आयोगले काम गर्ने उल्लेख गरे। मन्त्रालयसँग निरन्तर समन्वय र सहकार्य गर्दै परिणाममुखी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष धितालले आयोगको नयाँ टोलीले अपेक्षाअनुसार काम गर्ने विश्वास दिलाए ।
आयोगका सदस्यहरूले पनि ऊर्जा क्षेत्रमा लामो समयको अनुभव र सिकाइलाई उपयोग गर्दै नतिजामुखी कार्यसम्पादनमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
लोडसेडिङबाट विद्युत् निर्यातसम्मको यात्रा साझा सफलता : कुलमान घिसिङ
-
पहिरो र कटानले नौ सडकखण्ड पूर्ण अवरुद्ध
-
विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्ष धितालद्वारा शपथ ग्रहण
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना