तीन दिनमा १०२ अंक बढेको नेप्सेमा बुधबार करेक्सन, कारोबार ५ अर्बमा झर्यो
जलसरोकार
काठमाडौँ : पछिल्ला तीन कारोबार दिनमा १०२ अंकभन्दा बढीले बढेको नेप्से परिसूचकमा बुधबार करेक्सन भएको छ । बजार निरन्तर बढेपछि अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेसँगै नेप्से घटेर बन्द भएको हो ।
बुधबार नेप्से परिसूचक २१.१९ अंकले घटेर २ हजार ६१२.४२ विन्दुमा झरेको छ । पछिल्ला तीन कारोबार दिनमा नेप्से परिसूचक कुल १०२.०६ अंकले बढेको थियो । सोही क्रममा बढेको बजारमा अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा बुधबार बिक्री चाप बढेको देखिएको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स ३.७७ अंकले घटेको छ । त्यस्तै, फ्लोट इन्डेक्स १.५० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३२ अंकले घटेका छन् ।
नेप्सेसँगै बुधबार कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ । मंगलबार ८ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बुधबार ३५० स्टकको ५५ हजार ८३१ पटकको कारोबारमा ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
बुधबार नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.३७ प्रतिशतले बढेको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्य पनि करिब साढे ५ प्रतिशतले बढेको छ ।
यस दिन कारोबारमा आएको एनएमबी हाइब्रिड फन्ड एल–२ को इकाईमूल्य सर्वाधिक ७.७३ प्रतिशतले घटेको छ । रिज लाइन इनर्जीको शेयरमूल्य पनि ५ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको बुधबार ३७ करोड ९५ लाख ६४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको २५ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम साढे १६ करोड रुपैयाँ नाघेको छ ।
बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशतले घटेको छ । जीवन बीमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक करिब १ प्रतिशतले ओरालो लागेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी
-
भोटेकोशी बाढीपीडितलाई विद्युत्मा राहत, भदौदेखि न्यूनतम बिल नलिइने
-
तीन दिनमा १०२ अंक बढेको नेप्सेमा बुधबार करेक्सन, कारोबार ५ अर्बमा झर्यो
-
राष्ट्र बैंक संशोधन विधेयकको प्रतिवेदन अर्थसमितिबाट सर्वसहमत पारित
-
माथिल्लो त्रिशूली-३ ‘बी’ : पावरहाउस क्षेत्रमा उत्खनन जारी, ट्रान्समिसन टावर र स्तम्भका अवशेष भेटिए
-
६० अर्ब रुपैयाँ निक्षेपमा तान्दै राष्ट्र बैंक