अन्योलबीच सामान्य बढ्यो नेप्से, कारोबार रकम घट्यो
जलसरोकार
काठमाडौँ : साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज परिसूचक उतारचढावबीच अन्त्यमा सामान्य सुधारसहित बन्द भएको छ।
शुक्रबार नेप्से परिसूचक ५.३६ अंकले बढेर २८३८.४० विन्दुमा पुगेको छ। यद्यपि सेन्सेटिभ इन्डेक्स ०.५८ अंक घटेको छ भने फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि क्रमशः ०.०३ र ०.२९ अंकले घटेका छन्।
परिसूचक सामान्य बढे पनि कारोबार रकममा गिरावट आएको छ। बिहीबार ९ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा शुक्रबार ७ अर्ब ४६ करोड रुपैयाँमा सीमित रह्यो। यस दिन ३३५ कम्पनीका १ करोड ८० लाखभन्दा बढी कित्ता शेयर किनबेच भएका छन्।
यस दिन पाँच कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट र रिज लाइन इनर्जी का शेयरमा उच्च वृद्धि देखिएको हो।
त्यस्तै, खानीखोला हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्य पनि उल्लेखनीय रूपमा बढ्दा एशियन हाइड्रोपावर को शेयर मूल्य सबैभन्दा बढी ४.५४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर अग्रस्थानमा रह्यो। साथै सोलु हाइड्रोपावर र रिडी पावर डेभलपमेन्टमा पनि उच्च कारोबार भएको छ।
उपसमूहगत रूपमा हेर्दा पाँच समूहका सूचक बढ्दा आठ समूहका सूचक घटेका छन्। उत्पादन तथा प्रशोधन र होटल तथा पर्यटन समूहमा सबैभन्दा बढी वृद्धि देखिएको छ भने बैंकिङ, विकास बैंक, वित्त, बीमा र लघुवित्त समूहमा सामान्य गिरावट आएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला