नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
जलसरोकार
काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.९० अंकले बढेर २ हजार ७३४.६३ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन बिहीबारको वृद्धिलाई निरन्तरता दिँदै बजार सकारात्मक बनेर बन्द भएको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स २.१६ अंक, फ्लोट इण्डेक्स ०.८२ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८० अंकले वृद्धि भएको छ।
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेखनीय वृद्धि भएको छ। बिहीबार ४ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा शुक्रबार ३५३ वटा कम्पनीको ७० हजार १५८ पटकको कारोबारमार्फत ६ अर्ब २६ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको १ करोड ३७ लाख ६९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
एभरेष्ट कलर लिमिटेडको शेयर मूल्य लगातार सकारात्मक सर्किटमा कारोबार हुँदै आएको छ। शुक्रबार कम्पनीको शेयर मूल्य ८४ रुपैयाँ ९० पैसाले बढेर ६५१ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १४ प्रतिशतभन्दा बढी तथा सगरमाथा जलविद्युत कम्पनीको शेयर मूल्य करिब ७ प्रतिशतले वृद्धि भएको छ।
यता, १० प्रतिशत सानिमा बैंक डिबेञ्चरको मूल्य सर्वाधिक ८.९२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीको ३० करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब २७ करोड ५० लाख रुपैयाँ तथा कुमारी बैंकको २५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
बजारमा कारोबार भएका १३ उपसमूहमध्ये ७ उपसमूहका परिसूचक बढेका छन् भने ६ उपसमूहका परिसूचक घटेका छन्। बैंकिङ उपसमूह सर्वाधिक १.१७ प्रतिशतले बढ्दा विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त तथा निर्जीवन बीमा उपसमूह पनि हरियाली देखिएका छन्। म्युचुअल फण्ड उपसमूहको परिसूचक भने सर्वाधिक २.०८ प्रतिशतले घटेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जब पहाड फुट्यो
-
संविधान दिवसमा ऊर्जा र सुशासनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै