आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
जलसरोकार
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य सुधारसहित बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि उकालो लागेको बजारले बिहीबार पनि वृद्धि कायम राखेको हो।
नेप्से परिसूचक ७ दशमलव ५० अंकले बढेर दुई हजार ५९७ दशमलव ८० विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स २ दशमलव ९२ अंकले वृद्धि भएको छ भने फ्लोट इण्डेक्स ० दशमलव ६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ९३ अंकले बढेको छ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार चार अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३७१ कम्पनीका ९४ लाख ६९ हजार कित्ता शेयर ३९ हजार ५९५ पटक किनबेच हुँदा कुल कारोबार रकम चार अर्ब ५६ करोड २९ लाख ५० हजार रुपैयाँ पुगेको छ।
यस दिन एनआईबिएल ग्रोथ फण्डको इकाई मूल्य सर्वाधिक १४ दशमलव ९६ प्रतिशतले बढेको छ। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १४ दशमलव ५० प्रतिशतभन्दा बढी तथा चिरख्वा हाइड्रोपावरको शेयर मूल्य करिब १४ दशमलव ५० प्रतिशतले वृद्धि भएको छ।
यता, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक ८ दशमलव ७७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सिंगटी हाइड्रो इनर्जी शीर्ष स्थानमा रहेको छ। कम्पनीको २४ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि ८ दशमलव ५ प्रतिशत सानिमा डिबेञ्चर २०८७ को २३ करोड रुपैयाँभन्दा बढी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २२ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
उपसमूहगत रूपमा १३ मध्ये नौ उपसमूहका परिसूचक बढेका छन् भने चार उपसमूह ओरालो लागेका छन्। म्युचुअल फण्ड उपसमूह सर्वाधिक १ दशमलव ६६ प्रतिशतले बढेको छ। लघुवित्त तथा निर्जीवन बीमा उपसमूह पनि एक प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।
वित्त, होटल तथा पर्यटन, जलविद्युत् र उत्पादन तथा प्रशोधन उपसमूहका परिसूचक भने सामान्य गिरावटमा बन्द भएका छन्।
आर्थिक वर्षको अन्तिम कारोबार दिन बजारमा देखिएको सुधारले लगानीकर्तामा सकारात्मक मनोविज्ञान कायम रहेको संकेत गरेको विश्लेषकहरूको भनाइ छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन