नेप्से ४.६६ अंक बढ्यो, कारोबार रकम साढे ३ अर्ब नजिक
जलसरोकार
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
बिहीबार नेप्से परिसूचक ४.६६ अंक बढेर २ हजार ५४२.७७ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स ०.३१ अंक, फ्लोट इन्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१२ अंकले बढेको छ ।
परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बुधबार २ अर्ब ९४ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३४६ स्टकको ४० हजार ६९२ पटकको कारोबारमा ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँभन्दा बढीको १ करोड २१ लाख ६३ हजार कित्ता शेयर किनबेच भएको छ ।
यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.७६ प्रतिशत बढेको छ । चिरख्वा हाइड्रोपावरको शेयरमूल्य ८.५ प्रतिशतभन्दा बढी र आशा लघुवित्तको करिब ८.५ प्रतिशतले बढेको छ । यता, कारोबारमा आएको प्योर इनर्जीको शेयरमूल्य सर्वाधिक १३.३३ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको ४० करोड ९० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । सानिमा मिडिल तमोर हाइड्रोपावरको करिब १३ करोड ५० लाख रुपैयाँ र सोलु हाइड्रोपावरको १२ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये नौ उपसमूहको परिसूचक बढ्दा चार उपसमूह घटेका छन् । लगानी उपसमूह सर्वाधिक १.२६ प्रतिशत बढेको छ भने व्यापार उपसमूह पनि १ प्रतिशतभन्दा बढीले बढेको छ । वित्त, जलविद्युत्, निर्जीवन बीमा र अन्य उपसमूह भने सामान्य अंकले घटेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिँदै
-
माथिल्लो त्रिशूली–३ ‘ए’बाट सकुशल भेटिएका सञ्जय र कबीर को हुन् ?
-
३१ वर्षदेखि अलपत्र सिँचाइ ब्यारेज, नहरको अभावमा किसानलाई सास्ती
-
लगानी बोर्डमा प्रतिनिधित्वदेखि जलाशय आयोजनामा लगानीमैत्री वातावरण निर्माण गर्न इप्पानको माग
-
माथिल्लो त्रिशूली-३ ‘ए’ उद्धारमा ठूलो सफलता : दुईजनाको सकुशल उद्धार, अन्यलाई निकाल्ने क्रम जारी
-
चिलिमे उद्धारमा पूर्वसीईओ भट्टराईको नयाँ पहल : भूमिगत संरचनाको नक्सा सार्वजनिक गर्दै विश्वका विज्ञसँग उपाय माग