नेप्से परिसूचक ७० अंकले बढ्याे, काराेबार रकम पनि उच्च
जलसरोकार
काठमाडौँ । नेप्से परिसूचक आज ७० अंकले बढ्दै हरियाली छाएको छ । मंगलबार एकैदिन नेप्से ७०.१८ अंकले बढेर २ हजार ३१०.५९ अङ्कमा पुगेको हो । सोमबार घटेको नेप्से मंगलबार भने ठूलो अंकले बढेको हाे ।
आज ३१५ कम्पनीको दुई करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर एक लाख १९ हजार ११ पटक खरिदबिक्री भएकाे छ । जसमा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२ बराबरको कारोबार भएको छ।
सिन्धु विकास बैंक, बरुण हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, अन्खु खोला जलविद्युत र मन्दाकिनी हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको थियो । आज कारोबार भएका सबै कम्पनिको शेयर मूल्य बढेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनगाडी ग्रुपको २१ करोड ७७ लाख बराबरको कारोबार भएको छ । नयाँ सरकार गठनसँगै अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएपछि शेयर बजारमा उतारचढाव आएकाे छ । आजकाे बृद्धिसँगै नेप्से परिसूचक २६ महिना यताकै उच्च बिन्दुमा पुगेकाे छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी
-
भोटेकोशी बाढीपीडितलाई विद्युत्मा राहत, भदौदेखि न्यूनतम बिल नलिइने
-
तीन दिनमा १०२ अंक बढेको नेप्सेमा बुधबार करेक्सन, कारोबार ५ अर्बमा झर्यो