नेप्से दोहोरो अंकले घट्यो, ८ अर्बभन्दा बढीको कारोबार
जलसरोकार
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोहोरो अंकले घटेको छ। मंगलबारको कारोबारमा नेप्से सूचक १०.२५ अंकले घटेर २,६६२.१४ विन्दुमा बन्द भएको छ। यो अघिल्लो दिनको तुलनामा ०.३८ प्रतिशतको गिरावट हो।
आजको बजारमा कारोबार अवधिभर उतारचढाव देखिए पनि अन्तिम समयमा सूचक ओरालो लागेको हो।
कारोबार रकम भने उच्च देखिएको छ। आज कुल ८ अर्ब ६१ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने २ करोड १७ लाख १५ हजार कित्ता शेयर किनबेच भएका छन्।
बजार घट्दा पनि केही कम्पनीको मूल्य बढेको देखिएको छ। आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १७९ कम्पनीको मूल्य घटेको छ। ७ कम्पनीको मूल्य स्थिर रहेको छ।
विश्लेषकहरूका अनुसार पछिल्ला दिनहरूमा लगानीकर्ताहरू नाफा सुरक्षित गर्ने रणनीतिमा देखिँदा बजारमा दबाब परेको हो। यद्यपि कारोबार रकम उच्च रहनुले बजारमा लगानीकर्ताको सक्रियता कायम रहेको संकेत गर्छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
लक्ष्मीपूजामा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणको विशेष तयारी
-
जलविज्ञान र हिमाली जोखिमसम्बन्धी विज्ञ कार्यशाला : प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउने निष्कर्ष
-
सरकारको एक साता : ठूला जलविद्युत् आयोजनामा अर्बौँ लगानी अघि बढ्यो
-
सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ४६ करोडको कारोबार; जलविद्युत् कम्पनीमा पनि उल्लेख्य सक्रियता
-
मिड सोलु हाइड्रोपावरको नाफा ३७ प्रतिशतले बढ्यो
-
नेपालको ऊर्जा क्षेत्रको वर्तमान अवस्था, भावी कार्यदिशा र समृद्ध नेपालको राष्ट्रिय आकांक्षा