सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
जलसरोकार
काठमाडौँ : साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य सुधारसहित बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर घटिरहेको बजार यस दिन भने २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा पुगेको हो ।
यस दिन सेन्सेटिभ इण्डेक्स १.६५ अंक, फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंकले वृद्धि भएको छ ।
सूचक बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो कारोबार दिन आइतबार ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा सोमबार ३२९ स्टकका ५६ हजार ३४७ पटकका कारोबारमार्फत ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार रुपैयाँ बराबरको १ करोड २६ लाख २१ हजार कित्ता शेयर किनबेच भएको छ ।
सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै ३९ रुपैयाँ ९० पैसा बढेर ४३९ रुपैयाँ २० पैसामा अन्तिम मूल्य कायम भएको छ। रिलायन्स स्पिनिङ्ग मिल्स को शेयरमूल्य करिब साढे ९ प्रतिशतले वृद्धि भएको छ । मेगा म्युचुअल फण्ड १ र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबारमा आएको एनआईबिएल समृद्धि फण्ड २८८को इकाईमूल्य सर्वाधिक ४.८१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सोमबार आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३६ करोड २ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
त्यस्तै, रिडी पावर डेभलपमेन्ट कम्पनीको ३२ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा एसवाई प्यानल नेपालको कारोबार रकम साढे २८ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये सोमबार ६ उपसमूहको परिसूचक बढ्दा ७ उपसमूह घटेका छन् । बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहमा सामान्य वृद्धि देखिएको छ भने घटेका उपसमूहहरूको गिरावटदर पनि सामान्य रहेको छ ।
समग्रमा बजारमा सामान्य सुधार देखिए पनि कारोबार रकम घटेकाले लगानीकर्तामा अझै सावधानीपूर्ण मनोविज्ञान कायम रहेको संकेत देखिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मध्य र पूर्वी नेपालका २५ जिल्ला वर्षाको पहेँलो चेतावनीमा, मौसम विभागले सतर्क रहन आग्रह
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?