नेप्से ९.६२ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
जलसरोकार
काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ९.६२ अंकले घटेको छ । नेप्से घटेसँगै परिसूचक २६०३ अंकमा कायम भएको छ ।
कारोबार रकममा पनि कमी आएको छ । सोमबार ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार ४ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको छ ।
आज कारोबारमा आएका कम्पनीमध्ये ६९ वटाको सेयर मूल्य बढेको छ भने १९९ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।
समूहगत परिसूचकतर्फ व्यापार समूह सबैभन्दा धेरै १.८७ प्रतिशत घटेको छ । बैंकिङ ०.१३, विकास बैंक ०.४५, वित्त ०.३२, होटल तथा पर्यटन ०.६५, जलविद्युत् ०.५२, लगानी ०.२२, जीवन बीमा ०.३७, उत्पादन तथा प्रशोधन ०.५० र लघुवित्त समूह ०.५५ प्रतिशत घटेका छन् ।
त्यस्तै निर्जीवन बीमा समूह ०.११ प्रतिशत र अन्य समूह ०.१२ प्रतिशत बढेका छन् ।
आज सयपत्री हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ६.७९ प्रतिशत बढेको छ । सर्वोत्तम पेन्ट्सको ६.२९, हाथवे इन्भेस्टमेन्ट कम्पनीको ३.४६ र मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य ३.४० प्रतिशत बढेको छ ।
घट्ने कम्पनीतर्फ धौलागिरि लघुवित्तको सेयर मूल्य ४.२३ प्रतिशत, एपोलो हाइड्रोपावरको ४.१४, शिखर पावरको ४.०८, माण्डु हाइड्रोपावरको ३.७२ र कालिञ्चोक दर्शनको ३.०१ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, सिद्धार्थ बैंक, गरिमा विकास बैंक, हाथवे इन्भेस्टमेन्ट कम्पनी, रिलायन्स स्पिनिङ मिल्स र माउन्टेन इनर्जी अगाडि रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ९.६२ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
चार दिनको भारी वर्षामा ५४२ विपद्का घटना, २७ जनाको मृत्यु
-
चार दिनपछि खुल्यो बिपी राजमार्ग
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
बाढीपहिरोले माउण्टेन र दरमखोला जलविद्युत् आयाेजनाकाे विद्युत् उत्पादन र प्रसारण ठप्प,नेप्सेलाई पठाइयाे छुट्टाछुट्टै पत्र
-
दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीले बगाएपछि…