नेप्से १२ अंक घटेर २५८७ मा झर्यो, कारोबार रकम पनि घट्यो
जलसरोकार
काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.९० अंकले घटेर २ हजार ५८७.२५ विन्दुमा झरेको छ । अघिल्लो दिन बिहीबार करिब स्थिर रहेको बजार शुक्रबार भने घटेर बन्द भएको हो ।
यस दिन नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । बिहीबार ४ अर्ब ८९ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा शुक्रबार ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
शुक्रबार ३५६ वटा कम्पनी तथा धितोपत्रको ४३ हजार ६८५ पटकको कारोबारमा १ करोड १९ लाख १२ हजार कित्ता शेयर किनबेच भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स १.७४ अंकले घटेको छ । त्यस्तै, फ्लोट इन्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७१ अंकले घटेका छन् ।
कारोबारमा आएका धितोपत्रमध्ये एनएमबी डिबेञ्चर १०.७५ प्रतिशत २०८९/९० को मूल्य सर्वाधिक १४.२९ प्रतिशत बढेको छ । एसबीएल डिबेञ्चर १०.७५ प्रतिशत २०८९ को मूल्य करिब ९ प्रतिशतले बढ्दा माण्डु हाइड्रोपावरको शेयरमूल्य पनि करिब साढे ५ प्रतिशतले उकालो लागेको छ ।
यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक ८.५५ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा एसबीएल डिबेञ्चर १०.७५ प्रतिशत २०८९ पहिलो स्थानमा रहेको छ । उक्त ऋणपत्रको २६ करोड ५३ लाख रुपैयाँबराबरको कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको साढे १५ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ भने आँखुखोला जलविद्युत् कम्पनीको करिब १५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये शुक्रबार दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको घटेको छ । म्युचुअल फन्ड र व्यापार उपसमूह सामान्य बढेका छन् । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.७३ प्रतिशत घटेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से १२ अंक घटेर २५८७ मा झर्यो, कारोबार रकम पनि घट्यो
-
जलविद्युत् बीमा क्षतिपूर्ति दिने माध्यम मात्र होइन, जोखिम घटाउने प्रणाली बन्नुपर्छ : रजौरिया
-
चार्जर प्लगमै छोड्दा विद्युत् खपतको ५ देखि २० प्रतिशतसम्म अनावश्यक रूपमा बिजुली खेर जान्छ : मन्त्री श्रेष्ठ
-
बैंकिङ प्रणालीको अधिक तरलता खिच्दै राष्ट्र बैंक, १८ अर्बको निक्षेप संकलन उपकरण निष्कासन
-
प्रसारण लाइनका अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ आयोजना यसै वर्ष पूरा हुने
-
बाढीले रेलेखोला जलविद्युत् आयोजना बन्द, बाँधमा क्षति र पहुँचमार्ग अवरुद्ध