नौ कारोबार दिनपछि नेप्से २६०० विन्दुमुनि, कारोबार रकम बढ्यो
जलसरोकार
काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक घटेर २६०० विन्दुमुनि झरेको छ। नेप्से नौ कारोबार दिनपछि २६०० विन्दुमुनि बन्द भएको हो। यसअघि गत भदौ २९ गते नेप्से २६०० विन्दुमुनि बन्द भएको थियो।
बुधबार नेप्से परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स २.०२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंकले घटेको छ।
नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। मंगलबार ४ अर्ब ६५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बुधबार ३५२ स्टकको ४७ हजार ९०० पटकको कारोबारमा ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार रुपैयाँबराबरको कारोबार भएको हो। यस दिन १ करोड २६ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएका छन्।
बुधबार सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक १४.३७ प्रतिशतले बढेको छ। त्यस्तै, सयपत्री हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत र घलेम्दी हाइड्रोको करिब साढे ७ प्रतिशतले बढेको छ। घट्ने कम्पनीतर्फ भने कुनै पनि स्टकको शेयरमूल्यमा ४ प्रतिशतभन्दा बढीको गिरावट आएको छैन।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३९ करोड ४८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। पिपुल्स हाइड्रोपावरको करिब २३ करोड रुपैयाँको शेयर किनबेच हुँदा मञ्जुश्री फाइनान्सको साढे १८ करोड रुपैयाँभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ।
बुधबार १३ उपसमूहमध्ये तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। बढ्नेमा व्यापार उपसमूह सबैभन्दा अगाडि रहेको छ। उक्त उपसमूहको परिसूचक १.१८ प्रतिशतले बढेको छ। जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक पनि सामान्य बढेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्रालयको बजेट खर्च साढे दुई महिनामा ३.०८ प्रतिशत मात्रै
-
नौ कारोबार दिनपछि नेप्से २६०० विन्दुमुनि, कारोबार रकम बढ्यो
-
पुँजी बजारमा चलखेल रोक्न अर्थ समितिको कडा निर्देशन, नेप्से र सीडीएससीको नेतृत्व तत्काल नियुक्त गर्न आग्रह
-
नेप्से नफेरिएसम्म पुँजीबजार नफेरिने, रणनीतिक साझेदार भित्र्याउन निजी क्षेत्रको दबाब
-
पुँजी बजार सुधारका लागि कर नीति बदल्नेदेखि नेप्से निजीकरणसम्मका सुझाव
-
पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति