नेप्से दोहोरो अंकले ओरालो, कारोबार रकम पनि घट्यो
जलसरोकार
काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.५३ अंकले घट्दै २६२२.८८ बिन्दुमा बन्द भएको हो।
यसअघि आइतबार नेप्से ४७.५५ अंकले उकालो लागेको थियो भने त्यसअघिका दुई कारोबार दिनमा पनि बजारमा सामान्य सुधार देखिएको थियो। पछिल्ला दिनको निरन्तर सुधारपछि सोमबार बजारमा करेक्शन देखिएको विश्लेषकहरू बताउँछन्।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार नेप्सेमा ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आइतबार भने कुल कारोबार रकम ५ अर्ब ४६ करोड रुपैयाँ पुगेको थियो।
सोमबार कारोबारमा आएका कम्पनीहरूमध्ये ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको घटेको छ। यस्तै, ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ, जसले बजारमा बिक्री चाप हाबी भएको संकेत गर्छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता