नेप्से दोहोरो अंकले ओरालो, कारोबार रकम पनि घट्यो
जलसरोकार
काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.५३ अंकले घट्दै २६२२.८८ बिन्दुमा बन्द भएको हो।
यसअघि आइतबार नेप्से ४७.५५ अंकले उकालो लागेको थियो भने त्यसअघिका दुई कारोबार दिनमा पनि बजारमा सामान्य सुधार देखिएको थियो। पछिल्ला दिनको निरन्तर सुधारपछि सोमबार बजारमा करेक्शन देखिएको विश्लेषकहरू बताउँछन्।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार नेप्सेमा ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आइतबार भने कुल कारोबार रकम ५ अर्ब ४६ करोड रुपैयाँ पुगेको थियो।
सोमबार कारोबारमा आएका कम्पनीहरूमध्ये ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको घटेको छ। यस्तै, ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ, जसले बजारमा बिक्री चाप हाबी भएको संकेत गर्छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से दोहोरो अंकले ओरालो, कारोबार रकम पनि घट्यो
-
निजी क्षेत्रमार्फत प्रसारण लाइन विस्तारको बाटो खुल्यो
-
भारी वर्षापछि क्षतिग्रस्त सडक र पुल मर्मतका लागि २ अर्ब १९ करोड स्रोत सुनिश्चित
-
सोलार लिफ्टमार्फत ३२७ घरमा खानेपानी सुविधा
-
पूर्व ऊर्जाराज्यमन्त्री कान्छारामको सहित पाँच निर्माण कम्पनी कालोसूचीमा
-
भोजपुर बजारमा पानीको सङ्कट अन्त्य