नेप्से १३.८२ अंकले घट्यो, कारोबार रकम बढेर ४ अर्ब ६२ करोड रुपैयाँ पुग्यो
जलसरोकार
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सामान्य सुधार देखिएको बजारमा बिहीबार भने अधिकांश उपसमूहमा बिक्री दबाब देखिएपछि नेप्से ओरालो लागेको हो।
यस दिन नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा कायम भएको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.६२ अंक, फ्लोट इण्डेक्स १.०३ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९१ अंकले घटेका छन्।
परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। बिहीबार ३४७ कम्पनीको १ करोड ८ लाख ४ हजार कित्ता शेयर ६० हजार ३८१ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य ५३ रुपैयाँ १० पैसा बढेर प्रतिकित्ता ४०७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको हो। मूल्य बढेका अन्य कम्पनीहरूको वृद्धि भने ५ प्रतिशतभन्दा कममा सीमित रह्यो।
यता, एलएस होराइजन–१२ को इकाइ मूल्य सर्वाधिक ६.५० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ४७ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि आँखु खोला जलविद्युत कम्पनीको २६ करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको २३ करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
उपसमूहतर्फ १३ मध्ये केवल व्यापार समूहको परिसूचक ०.५९ प्रतिशतले बढेको छ भने बाँकी १२ उपसमूह राताम्मे भएका छन्। सबैभन्दा बढी गिरावट उत्पादन तथा प्रशोधन उपसमूहमा देखिएको छ, जसको परिसूचक ९३.०४ अंकले घटेको छ।
समग्रमा बिहीबार बजार परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भएको वृद्धि र जलविद्युत कम्पनीहरूको सक्रिय कारोबारले लगानीकर्ताको सहभागिता भने उच्च रहेको संकेत गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
लालबन्दी-सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा, सर्लाहीको दक्षिणी क्षेत्रमा विद्युत् आपूर्ति सुधार हुने
-
नदीको अधिकार
-
मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने
-
सिक्टा सिँचाइले सिञ्चित क्षेत्रका किसानको लगत सङ्कलन थाल्यो
-
१८० मेगावाटको कालीगण्डकी ‘गर्ज’ जलविद्युत्को अडिट सुरुङ निर्माण सुरु
-
कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना