लगातार दोस्रो दिन नेप्सेमा गिरावट, परिसूचक २१ अंकले घट्यो
जलसरोकार
काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घट्दै २६६३.१८ विन्दुमा झरेको छ। सोमबारको गिरावटलाई निरन्तरता दिँदै नेप्से यस दिन २१.१५ अंकले घटेको हो।
कारोबार अवधिमा सेन्सेटिभ इन्डेक्स २.६६ अंक, फ्लोट इन्डेक्स १.४० अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स १.०८ अंकले घटेका छन्।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। सोमबार ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार ३४३ कम्पनीको ५२ हजार २७२ पटकको कारोबारबाट ४ अर्ब ७ करोड ८ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ६१ हजार कित्ता सेयर किनबेच भएको छ।
यस दिन एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य लगातार १२औँ कारोबार दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, खानीखोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतभन्दा बढी र जोशी हाइड्रोपावरको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ।
यता, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ११.६७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा खानीखोला हाइड्रोपावर अग्रस्थानमा रह्यो। कम्पनीको ४० करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सिद्धार्थ बैंकको करिब १७ करोड रुपैयाँ तथा नेशनल हाइड्रोपावर कम्पनीको १६ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
उपसमूहगत रूपमा हेर्दा मंगलबार कारोबारमा सहभागी सबै १३ उपसमूहका परिसूचक घटेका छन्। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.३१ प्रतिशतले घटेको छ भने अन्य र व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।
बजारमा अधिकांश उपसमूह र कम्पनीहरूको मूल्य घटेसँगै लगानीकर्ताको मनोबल कमजोर देखिएको छ। लगातार दोस्रो दिन नेप्सेमा आएको गिरावटले बजारमा बिक्री दबाब बढेको संकेत गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
लगातार दोस्रो दिन नेप्सेमा गिरावट, परिसूचक २१ अंकले घट्यो
-
माण्डु हाइड्रोपावरको नाफा ४१५ प्रतिशत वृद्धि, विद्युत बिक्री आम्दानी ७९ करोड नाघ्यो
-
राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले
-
मितेरी पुल बग्दा रसुवा भन्सारको राजस्व लक्ष्यको करिब एक तिहाइ मात्र राजस्व सङ्कलन
-
सुनको मूल्य सामान्य घट्यो, चाँदीको मूल्य बढ्यो
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो