सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम ४ अर्ब ५७ करोड रुपैयाँ नाघ्यो

जलसरोकार
सोमबार, साउन १८, २०८३ | १५:२७:०९ बजे

 

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार बढेको बजार यस दिन १.२० अंकले घट्दै २६८४.३३ विन्दुमा झरेको हो।

कारोबार अवधिमा सेन्सेटिभ इण्डेक्स ०.४९ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंकले वृद्धि भएका छन्।

नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ। गत शुक्रबार ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ३४९ वटा कम्पनीको एक करोड १४ लाख ४९ हजार कित्ता शेयर ६३ हजार ६४८ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँ पुगेको छ।

यस दिन एभरेष्ट कलर लिमिटेडको शेयर मूल्य पुनः सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयर मूल्य १९६ रुपैयाँ ३० पैसा बढेर प्रतिकित्ता एक हजार ५०५ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ११ प्रतिशतभन्दा बढी र महुली लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७ प्रतिशतभन्दा बढीले बढेको छ।

उता, रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर मूल्य सर्वाधिक ७.४० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको २७ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि रिडी पावर कम्पनीको करिब २१ करोड रुपैयाँ तथा ग्लोबल आइएमई बैंकको १९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

उपसमूहतर्फ १३ मध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फन्ड तथा निर्जीवन बीमा उपसमूहमा हरियाली देखिएको छ। अन्य उपसमूहका परिसूचक भने सामान्य रूपमा घटेका छन्।

प्रकाशित मिति : सोमबार, साउन १८, २०८३ | १५:२७:०९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया