भारतीय पावर एक्सचेञ्ज बजारमा नेपालको बिड सफल भोलिदेखि २५० मेगावाटसम्म बिजुली प्रतिस्पर्धाबाट
विकास थापा
काठमाडौँ : नेपालले भोलि शनिबारदेखि भारतीय पावर एक्सचेञ्जबाट २ सय देखि २५० मेगावाटसम्म बिजुली खुला बजारबाट लिने भएको छ । प्राधिकरणले एकदिन अगावै गरेको प्रतिस्पर्धा (बीड) मा सफल भएको छ । प्रतियुनिट तीन रुपैयाँ १ पैसा भारु (नेरु ५.०८) मा बिजुली लिने सहमति भएको हो । केही दिनअघि भारतको विद्युत् मन्त्रालयले नेपाललाई उसको पावर एक्सचेञ्ज मार्केटबाट बिजुली खरिद गर्न अनुमति दिएको थियो ।
प्राधिकरणका एक अधिकारीका अनुसार भारतको एनभीभीएनमार्फत एक दिन अघि (डे अहेड मार्केट) बुकिङ गरी भोलि शनिबारदेखि बिजुली आउन लागेको हो ।
हाल ढल्केबर मुजफ्फपुर अन्तर्देशीय प्रसारण लाइनमार्फत प्राधिकरणले प्रतियुनिट ४.१८ भारु (नेरु ६.६६८) गर्दै आएको छ । भोलिको बजार मूल्यअनुसार प्राधिकरणले एक युनिट बिजुलीमा करिब ६० पैसा फाइदा भएको छ । प्राधिकरणले भोलिका लागि आयात गर्ने बिजुलीको परिमाण अनुसार १९ लाख ५ हजार पाँच सय भारु (३० लाख ४८ हजार ८ सय रुपैयाँ) बचत हुने भएको छ ।
एनभीभीएनले भारतीय पावर एक्सचेञ्जलाई प्रतियुनिट ३.२९ भारु तिर्छ । त्यसमा दलाल शुल्क, प्रसारण शुल्क र अन्य शुल्क गरी ५२ पैसा (भारु) तिर्नुपर्ने हुँदा एक युनिट बिजुलीको ६.०९६ (नेरु) पर्न गएको हो । प्राधिकरण र भारतीय एनभीभीएनसँग भएको विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार आज राति १२ बजेसम्म मात्र ३५० मेगावाट बिजुली आयात गर्न पाइन्छ ।
१२ बजेपछि उसले १५० मेगावाट मात्र बिजुली दिने र २ सय देखि २५० मेगावाटसम्म ढल्केबरकै सोही लाइनबाट पावर एक्सचेञ्जको बिजुली दिनेछ । ‘अब ढल्केबर मुजफ्फपुर प्रसारण लाइनबाट दुईथरि बिजुली आउनेभयो,’ स्रोतले भन्यो, ‘पीपीएको र एक्सचेञ्जको ।’
कोभिड १९ को मारमा परेको भारतमा यतिबेला खुला बजारमा बिजुलीको भाउ सस्तो भएको हो । प्राधिकरणले महँगो भएको बेला कम लिने वा अन्य उपाय अपनाउने भएको छ । भारतको एक्सचेञ्ज बजारबाट आउने बिजुलीको भाउ हरेक १५ मिनेटमा परिवर्तन हुन्छ । २४ घण्टा बिजुली आयात गर्दा ९६ वटा ब्लक हुन्छ । उक्त ९६ वटा ब्लकको औसत मूल्य आजलाई ३ रुपैयाँ २९ पैसा (भारु) परेको हो । शेयर बजारमा शेयरको भाउ तलमाथि भएजस्तै भारतीय पावर एक्सचेञ्ज बजारमा पनि १५, १५ मिनेटमा बिजुलीको भाउ फरक पर्ने गर्छ ।
नाेट : पत्रकार विकास थापा द्वारा लिखित विचारहरूकाे संग्रह
बैशाख १७, २०७८ शुक्रवार २०:१० बजे
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अब काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न 'सडक एम्बुलेन्स' सञ्चालनमा
-
एनएमबि बैंकलाई भिसा इन्टरनेशनलबाट ‘डिजिटल पेमेंट ग्रोथ अवार्ड’
-
ऊर्जाशील कर्मचारी संघ लुम्बिनी प्रदेशमा मिनबहादुर जिसी अध्यक्ष निर्वाचित
-
बंगलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लिने
-
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
-
मन्त्री कुलमान घिसिङद्धारा निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण, निर्माणमा लापरवाही गर्नेलाई कारबाही गर्ने चेतावनी