पाकिस्तानका बौद्ध सम्पदाबारे लेखिएको पुस्तकको नेपाली संस्करण विमोचन
जलसरोकार
काठमाडौं : पाकिस्तानका बौद्ध सम्पदाहरूको नेपाली संस्करणमा लेखिएको पुस्तक ‘पाकिस्तानका बौद्ध सम्पदाहरू’ को काठमाडौंमा एक विशेष समारोहका बीच विमोचन गरिएको छ।
पाकिस्तान दूतावासद्वारा हिजो आयोजित कार्यक्रममा नेकपा (एमाले) का सांसद तथा पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्य प्रमुख अतिथिको रूपमा सहभागी भए।
कार्यक्रमका विशेष अतिथिहरूमा म्यानमारका राजदूत यू म्यो म्यिन्ट म्याउङ र श्रीलंकाका कार्यवाहक प्रमुख कूटनीतिज्ञ चामीरा मुनासिंघे रहेका थिए। साथै, भिक्षुहरू, बौद्ध विद्वानहरू, राजनीतिक नेताहरू, पत्रकार, नागरिक समाजका प्रतिनिधिहरू, पाकिस्तान दूतावासका अधिकारी तथा परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो। पाकिस्तानका विभिन्न विश्वविद्यालय र विचार संस्थाहरूले कार्यक्रममा अनलाइन सहभागिता जनाए।
पुस्तकका लेखक ओम चरण अमात्य ले कार्यक्रममा बोल्दै पाकिस्तानका बौद्ध तीर्थस्थलहरू, तिनको नेपालसँगको ऐतिहासिक सम्बन्ध र विश्वभरिका नेपाली तथा बौद्ध धर्मावलम्बीहरूका लागि यसले दिने आध्यात्मिक र सांस्कृतिक महत्त्वबारे प्रकाश पारे।

कार्यक्रममा प्रमुख अतिथि आचार्यले संस्कृति तथा सभ्यताको संरक्षण र प्रवर्द्धनले दुई देशबीचको जनस्तरीय सम्बन्धलाई मजबुत बनाउने बताए। पाकिस्तान र नेपालबीचको बौद्ध सम्पदा साझा सम्पदा भएको उल्लेख गर्दै उनले सांस्कृतिक सम्पदाहरूको प्रवर्द्धनका लागि जनस्तरीय सम्बन्ध विस्तार गर्न जोड दिए।
पाकिस्तानका बौद्ध सम्पदा प्रवर्द्धनका लागि विशेष दूत इमरान शौकत ले भर्चुअल सम्बोधन गर्दै पाकिस्तानमा रहेका बौद्ध सम्पदाहरूको संरक्षण र प्रवर्द्धनका विषयमा जानकारी गराए।
सो अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मी ले पाकिस्तान आफ्नो समृद्ध सांस्कृतिक सम्पदामा गर्व गर्ने र त्यसलाई पर्यटकहरू तथा धर्मावलम्बीहरूलाई अनुभव र जानकारीका रूपमा बाँड्न चाहने बताए। उनले पुस्तकका लेखक अमात्यले पाकिस्तान र नेपालबीचका ऐतिहासिक र सांस्कृतिक सम्बन्ध उजागर गर्न गरेको योगदानको प्रशंसा गरे। साथै, पुस्तकले नेपाली पाठकहरूमा बौद्ध सम्पदाप्रति रुचि बढाउन, शोध, तीर्थयात्रा तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
-
एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
-
सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ