मुगु कर्णाली र किमाथांका जलविद्युत् आयोजनाको ठेक्का अनियितताबारे उजुरीको छलफलमा कांग्रेस सांसद अनुपस्थित, कोरम नपुगेपछि बैठक स्थगित


काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ ।
पच्चीस सदस्यीय समितिमा निर्धारित समयभन्दा डेढ घण्टा बढी समयमा पनि बैठक सञ्चालनका लागि आवश्यक न्यूनतम सङ्ख्या नपुगेपछि बैठक स्थगित भएको हो ।
बिहान ११स् ३० बजे बोलाइएको बैठकमा कार्यसूची थियो— ऊर्जा मन्त्रालयसँग सम्बन्धित उजुरीबारेको छलफल ।
समिति स्रोतका अनुसार मुगु कर्णाली र किमाथांका जलविद्युत् आयोजनाको ठेक्का प्रक्रियामा भएका अनियमितताबारे उजुरी परेको थियो ।
उक्त ठेक्का प्रक्रियामा ऊर्जामन्त्री खड्काले अनियमितता गरेको आरोपबारे समितिमा छलफल हुने कार्यक्रम थियो ।
उक्त समितिमा २५ सदस्यीयमध्ये १० सदस्य मात्र बैठकमा उपस्थिति थिए । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले आफ्ना सदस्यहरुको संसदीय समितिमा हुने उपस्थिति र खेल्ने भूमिकाका आधारमा मूल्याङ्कन हुने बताइरहेका बेला कोरम नपुगेर बैठक स्थगित हुन पुगेको समितिका सभापति दीपकबहादुर सिंहको गुनासो छ ।
सरकारका प्रतिनिधिको अनुपस्थिति भएमा बैठक नचलाइने अभ्यासअनुसार बैठकमा आमन्त्रण गरिएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ भने समितिमा उपस्थित थिए ।
पूर्वाधार विकास समितिमा सबैभन्दा धेरै प्रतिनिधित्व नेपाली कांग्रेसका सांसद्को छ । बैठकमा कांग्रेसका दुई जना सांसद मात्र पुगेका थिए । उनीहरू बैठकमा पुगे पनि हाजिर गरेर हिँडेको एक सदस्यले बताए ।
जसमध्ये नेपाली कांग्रेसबाट ८, नेकपा एमालेबाट ७, नेकपा माओवादी केन्द्रबाट ३, राप्रपाबाट २, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २, नेकपा एकीकृत समाजवादी पार्टीबाट १, नागरिक उन्मुक्ति पार्टीबाट १ र जनता समाजवादी पार्टीबाट १ जनाले प्रतिनिधित्व गर्छन् ।
कांग्रेसका अन्य सांसदहरू भने बैठकमै उपस्थिती थिएनन् ।
बुधबारको बैठकमा नेकपा माओवादी केन्द्रबाट १, नेकपा एमालेबाट ५, राप्रपाबाट २, जसपाबाट १ जना बुधबारको बैठकमा सहभागी हुन पुगेका सभापति सिंहले भनाई छ ।
अब अर्को बैठक आगामी २४ गते बिहान ८ बजेका लागि बोलाइएको सभापति सिंहले जानकारी दिए
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक