नेपालगञ्ज भन्सारबाट ६ महिनामा ९ अर्ब ३४ करोड राजस्व सङ्कलन
जलसरोकार
काठाडौं : नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नौ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
साउनदेखि पुससम्मको अवधिमा वार्षिक लक्ष्यको ३८.०८ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए । चालु आवका लागि भन्सारको वार्षिक राजस्व लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ रहेको छ । हालसम्म कुनै पनि महिनामा तोकिएको मासिक लक्ष्य हासिल हुन नसकेको उनले बताए । लक्ष्य पूरा गर्न बाँकी छ महिनामा करिब ६२ प्रतिशत राजस्व असुल गर्नुपर्ने अवस्था रहेको छ ।
भन्सारका अनुसार साउन महिनामा एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार लक्ष्य रहेकामा ७४.१४ प्रतिशत अर्थात् एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार राजस्व सङ्कलन भएको थियो । भदौमा एक अर्ब ९३ करोड ६४ लाख ५४ हजार लक्ष्यमध्ये ६९.७७ प्रतिशत (एक अर्ब ३५ करोड १० लाख नौ हजार) असुल भएको छ ।
यसैगरी असोजमा लक्ष्यको ८७.८३ प्रतिशत (एक अर्ब ७४ करोड १६ लाख पाँच हजार), कात्तिकमा ७२.३० प्रतिशत (एक अर्ब ५३ करोड ७० लाख ८२ हजार), मङ्सिरमा ८३.४५ प्रतिशत (एक अर्ब ६३ करोड ८५ लाख १० हजार) र पुसमा दुई अर्ब तीन करोड ४५ लाख २१ हजार लक्ष्य रहेकामा एक अर्ब ६९ करोड ४४ लाख १३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा साउनमा ७३.६७, भदौमा ६६.६२, असोजमा ६६.९१, कात्तिकमा ७६.४४, मङ्सिरमा ७६.२७ र पुसमा ७१.१५ प्रतिशत राजस्व सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
चालु आर्थिक वर्षको छ महिनामा नेपालगञ्ज भन्सारबाट ३८ अर्ब ९८ करोड ५७ लाख ६१ हजार रुपैयाँ बराबरको आयात–निर्यात कारोबार भएको छ । यस अवधिमा ३७ अर्ब ६२ करोड ७३ लाख ३२ हजार रुपैयाँ बराबरको आयात हुँदा निर्यात भने एक अर्ब ३५ करोड ८४ लाख २९ हजार रुपैयाँमा सीमित रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा ३५ अर्ब २७ करोड ६५ लाख आठ हजार रुपैयाँको आयात र एक अर्ब १६ करोड ३९ लाख १२ हजार रुपैयाँको निर्यात भएको थियो । दुई आवको तुलना गर्दा आयात ६.६६ प्रतिशत, निर्यात १६.७१ प्रतिशत र कुल व्यापार ६.९८ प्रतिशतले वृद्धि भएको छ ।
व्यापार घाटा भने करिब उस्तै रहेको छ । अघिल्लो आवको छ महिनामा ९६.७ प्रतिशत रहेको व्यापार घाटा चालु आवमा ९६.३८ प्रतिशत कायम रहेको सूचना अधिकारी खड्काले जानकारी दिए ,।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँ बढ्यो
-
यस्तो छ आजको मौसम पूर्वानुमान
-
विद्युत् प्राधिकरणको नयाँ रणनीति : निजी क्षेत्र थिच्दै नाफा बढाउने
-
पूर्वऊर्जामन्त्री खड्कालाई थुनामै राख्न आदेश
-
नयाँ वर्षको पहिलो दिन सेयर बजार उत्साहित, नेप्से ३३ अंकले बढ्यो
-
कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी