नेपालगन्ज भन्सारबाट पाँच महिनामा साढे सात अर्बभन्दा बढी राजस्व सङ्कलन
जलसरोकार
काठमाडौं : नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा रु सात अर्ब ६५ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार साउनदेखि मङ्सिर मसान्तसम्म रु सात अर्ब ६५ करोड १९ लाख ९० हजार राजस्व उठाइएको हो ।
यद्यपि चालु आवको कुनै पनि महिनामा भन्सारले तोकिएको मासिक लक्ष्य भने पूरा गर्न सकेको छैन । साउनमा रु एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार लक्ष्य रहेकामा ७४.१४ प्रतिशत अर्थात् रु एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार राजस्व सङ्कलन भएको थियो। भदौमा रु एक अर्ब ९३ लाख ६४ हजार ५४ को लक्ष्यमा ६९.७७ प्रतिशत अर्थात् रु एक अर्ब ३५ करोड १० लाख नौ हजार उठेको छ ।
त्यस्तै, असोजमा रु एक अर्ब ९८ करोड ३१ लाख ३० हजार लक्ष्य रहेकामा ८७.८३ प्रतिशत अर्थात् रु एक अर्ब ७४ करोड १६ लाख पाँच हजार, कात्तिकमा रु दुई अर्ब १२ करोड ६१ लाख ३० हजार लक्ष्यको ७२.३० प्रतिशत अर्थात् रु एक अर्ब ५३ करोड ७० लाख ८२ हजार र मङ्सिरमा रु एक अर्ब ९६ करोड ३६ लाख १४ हजार लक्ष्यको ८३.४५ प्रतिशत अर्थात् रु एक अर्ब ६३ करोड ८५ लाख १० हजार राजस्व सङ्कलन भएको छ ।
कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को सोही अवधिमा पनि लक्ष्यअनुसार राजस्व उठ्न सकेको थिएन। गत आवमा साउनमा ७३.६७ प्रतिशत, भदौमा ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत र मङ्सिरमा ७६.२७ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।
नेपालगन्ज नाका हुँदै चालु आवको पाँच महिनामा रु ३० अर्बभन्दा बढीको मालसामान आयात भएको छ । मङ्सिर मसान्तसम्म रु ३० अर्ब ६६ करोड ८९ लाख ९० हजारबराबरको वस्तु आयात भएको हो। अघिल्लो आवको सोही अवधिमा रु २९ अर्ब आठ करोड ४५ लाख ४४ हजारबराबरको मालसामान आयात भएको थियो ।
यस्तै, चालु आवको पाँच महिनामा नेपालगन्ज भन्सार कार्यालयबाट रु एक अर्ब एक करोड ६३ लाख ८९ हजारबराबरको मालसामान निर्यात भएको छ। अघिल्लो आवको सोही अवधिमा निर्यात रु ८८ करोड ६८ लाख ८२ हजार थियो ।
यस अवधिमा नेपालगन्ज भन्सार कार्यालयबाट कुल रु ३१ अर्ब ६८ करोड ५३ लाख ७९ हजारबराबरको कारोबार भएको छ, जुन अघिल्लो आवको सोही अवधिको रु २९ अर्ब ९७ करोड १४ लाख २६ हजारको तुलनामा बढी हो । व्यापार घाटा भने अघिल्लो र चालु आवको पाँच महिनामा लगभग उस्तै रहेको छ । अघिल्लो आवमा ९७ प्रतिशत रहेको व्यापार घाटा चालु आवमा ९६.६८ प्रतिशत रहेको सूचना अधिकारी खड्काले जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा गिरावट, करिब रु. ४ अर्बभन्दा बढीको कारोबारसँग बजार दबाबमा
-
हाइड्रो आईपीओ उछाल: लगानीकर्ताको अवसर कि जोखिम?
-
भिमखोला साना जलविद्युत् आयोजना : ३० वर्षे पीपीएमा मध्यम प्रतिफल, प्रारम्भिक वर्षमा कमजोर आरओइ
-
नेपाल हाइड्रोपावर एकेडेमीको अध्यक्षमा मिथुन चक्रवर्तीप्रसाद पौडेल चयन
-
सुन तोलामा ५१ सयले बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २८ हजार ६५० आवेदकले पाए १० कित्ता