तरलता व्यवस्थापनका लागि ४० अर्ब खिच्दै राष्ट्र बैंक
जलसरोकार
काठमाडौं : बैंकिङ प्रणालीमा तरलता बढी भएपछि नेपाल राष्ट्र बैंकले आज फेरि ४० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ।
राष्ट्र बैंकका अनुसार उक्त रकम संकलनका लागि आज दिउँसो ३ बजे निक्षेप संकलन उपकरणमार्फत बोलकबोल गरिनेछ। बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँदेखि बोलकबोल गर्न सक्नेछन् भने ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
निक्षेप संकलनका लागि ब्याजदर बोलकबोलकै आधारमा निर्धारण गरिनेछ। बहुब्याजदर प्रणालीअनुसार बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
यो ५६ दिने निक्षेप संकलन उपकरणअन्तर्गत संकलित रकमको साँवा तथा ब्याज आगामी जेठ २७ गते भुक्तानी गरिनेछ।
बैंकिङ प्रणालीमा अत्यधिक तरलता हुँदा ब्याजदरमा दबाब पर्ने भएकाले त्यसलाई सन्तुलनमा राख्न राष्ट्र बैंकले समय–समयमा यस्तो उपकरणमार्फत रकम खिच्दै आएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत्मा भ्याट लागू, तर कार्यान्वयनमै अन्योल : प्राधिकरणले राजस्व विभागसँग माग्यो दुई विषयमा स्पष्टता
-
झ्याप्प-झ्याप्प बत्तीको गुनासोपछि प्राधिकरणको उच्च नेतृत्व पूर्वी नेपालमा
-
मध्य र पूर्वी नेपालका २५ जिल्ला वर्षाको पहेँलो चेतावनीमा, मौसम विभागले सतर्क रहन आग्रह
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म