सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बजारबाट १८ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

जलसरोकार
बिहीबार, भदौ १८, २०८३ | ११:३९:५० बजे

 

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापन गर्न बजारबाट १८ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ९० दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न लागेको हो।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले भदौ १८ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत बोलकबोल गर्न आह्वान गरेको छ। निक्षेप संकलन उपकरण पनि भदौ १८ गते नै निष्कासन गरिनेछ।

उक्त उपकरणको साँवा तथा ब्याज २०८३ मंसिर १६ गते भुक्तानी हुनेछ। यसको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ।

बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सकिनेछ। त्यसपछि १० करोड रुपैयाँले निःशेष भाग जाने रकममा कुल आह्वान रकमसम्म आवेदन दिन सकिने व्यवस्था छ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।

राष्ट्र बैंकले बोलकबोलबाट प्राप्त प्रस्तावमध्ये कम ब्याजदरलाई पहिलो प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म निक्षेप संकलन गर्ने व्यवस्था गरेको छ। समान ब्याजदरमा आह्वान रकमभन्दा बढी प्रस्ताव परेमा अनुपातिक आधारमा बाँडफाँट गरिनेछ।

यसरी केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट १८ अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गर्न लागेको हो।

प्रकाशित मिति : बिहीबार, भदौ १८, २०८३ | ११:३९:५० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

धेरै पढिएको