अधिक तरलता नियन्त्रण गर्न वित्तीय प्रणालीबाट एक खर्ब खिच्दै राष्ट्र बैंक
जलसरोकार
काठमाडौँ : नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न एक खर्ब रुपैयाँ खिच्ने तयारी गरेको छ।
केन्द्रीय बैंकले ५६ दिने अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम बजारबाट तान्न लागेको हो। बुधबार मात्रै ४० अर्ब रुपैयाँ बराबरको सोही अवधिको उपकरण जारी गरिसकेको राष्ट्र बैंकले शुक्रबार पुनः ठूलो परिमाणमा रकम खिच्न लागेको जनाएको छ।
राष्ट्र बैंकका अनुसार हाल वित्तीय प्रणालीमा करिब ७६ अर्ब रुपैयाँ बराबरको तरलता रहेको छ। बैंक तथा वित्तीय संस्थाले राखेको स्थायी निक्षेप तथा अन्य उपकरणमार्फतको रकम परिपक्व हुन लागेकाले त्यसलाई पुनः व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गरिएको हो।
तरलता बढी हुँदा बैंक तथा वित्तीय संस्थाहरूले अल्पकालीन रूपमा केन्द्रीय बैंकमा रकम राख्ने प्रचलन हुन्छ। यस्तो अवस्थामा राष्ट्र बैंकले न्यून ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकतामा राख्दै रकम संकलन गर्ने गर्दछ।
तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले आवश्यकताअनुसार विभिन्न मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ। प्रणालीमा तरलता बढी हुँदा निक्षेप संकलन र स्थायी निक्षेप सुविधा प्रयोग गरिन्छ भने तरलता अभाव हुँदा रिपो र स्थायी तरलता सुविधा मार्फत बजारमा पैसा पठाइन्छ।
हाल ब्याजदर करिडोरअनुसार बैंक दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत कायम रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अन्योलबीच सामान्य बढ्यो नेप्से, कारोबार रकम घट्यो
-
अधिक तरलता नियन्त्रण गर्न वित्तीय प्रणालीबाट एक खर्ब खिच्दै राष्ट्र बैंक
-
एकै दिन ३ हजारले घट्यो सुनको मूल्य, चाँदी पनि ओरालो
-
बूढो गोरुलाई कतिञ्जेल ओगट्न दिइरहने ? साँढेलाई पनि छाड्ने कि ?
-
कोरला नाकाबाट ७ महिनामा रु ५ अर्ब ७३ करोड राजस्व संकलन
-
युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन