बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
जलसरोकार
काठमाडौँ, : बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंक ले पुनः २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरणमार्फत बजारबाट रकम तान्ने भएको छ।
केन्द्रीय बैंकका अनुसार उक्त रकम संकलनका लागि आज चैत १ गते दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ। बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सक्नेछन्। रकम भने ५ करोड रुपैयाँले भाग जाने गरी प्रस्ताव गर्नुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरको आधारमा गरिनेछ। संस्थाहरूले बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सक्नेछन्।
यो बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न २८ दिने निक्षेप संकलन उपकरण प्रयोग गरेको हो। उक्त उपकरणअन्तर्गत संकलित रकमको साँवा तथा ब्याज भुक्तानी आगामी चैत २९ गते गरिने केन्द्रीय बैंकले जनाएको छ।
पछिल्लो समय बैंकिङ प्रणालीमा कर्जा माग कमजोर रहँदा तथा निक्षेप बढ्दै जाँदा बजारमा अधिक तरलता देखिएको छ। सोही अवस्थालाई व्यवस्थापन गर्न राष्ट्र बैंकले समय–समयमा निक्षेप संकलन उपकरणमार्फत रकम तान्दै आएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से १३ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
गृहमन्त्री सुदन गुरुङको प्रष्टिकरण: ‘बिचौलिया भट्टसँग जोडिएको आरोप अनुमानमा आधारित’
-
बुढीगण्डकी आयोजनालाई अघि बढाउने सरकारकाे पहल सकारात्मक : डा. भट्टराई
-
कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट, ६८ हजार लगानीकर्तालाई शेयर
-
घट्यो सुन र चाँदीको मुल्य, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
इन्धन मूल्य वृद्धि फिर्ता लिन उनेपाका अध्यक्ष घिसिङको सरकारसँग माग