राष्ट्र बैंकले उपदान–पेन्सन कोषको रु ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने
जलसरोकार
काठमाडौँ : नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु ९ अर्ब ३५ करोड रकम एक वर्षका लागि मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा उक्त रकम मुद्दति निक्षेपका रूपमा राख्न दरखास्त आह्वान गरेको जनाएको छ ।
राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले फागुन १० गते बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म आवेदन दिन सक्नेछन् । कुल रकममध्ये वाणिज्य बैंकका लागि रु ७ अर्ब ४८ करोड, विकास बैंकका लागि रु १ अर्ब ४० करोड २५ लाख र राष्ट्रियस्तरका वित्त कम्पनीका लागि रु ४६ करोड ७५ लाख छुट्याइएको छ ।
निक्षेप लिन चाहने संस्थाको निष्क्रिय कर्जा (एनपीएल) कुल कर्जा लगानीको ८ प्रतिशतभन्दा बढी हुन नहुने, कम्तीमा दुई वर्ष सञ्चालनमा रहेको हुनुपर्ने, तोकिएको न्यूनतम पुँजीकोष तथा तरल सम्पत्ति अनुपात कायम गरेको हुनुपर्ने, कर्जा–निक्षेप अनुपात तोकिएको सीमाभित्र रहेको र पछिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपर्ने शर्त राखिएको छ ।
त्यसैगरी, शीघ्र सुधारात्मक कारबाहीमा परे फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, समस्याग्रस्त घोषणा नभएको वा फुकुवा भएको छ महिना पूरा भएको तथा सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी गरिसकेको हुनुपर्ने लगायतका मापदण्ड पनि तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता