सडक बत्ती प्रयोग बापतको ६ अर्ब बक्यौता तिर्न स्थानीय तहलाई प्राधिकरणको ताकेता
जलसरोकार
काठमाडौं – नेपाल विद्युत प्राधिकरणले स्थानीय तहलाई बक्यौता विद्युत महसुल भुक्तानीका लागि आग्रह गरेको छ । सडक बत्ती प्रयोग गरेबापतको बक्यौता विद्युत महसुल भुक्तानीका लागि देशभरका विभिन्न स्थानीय तहलाई अनुरोध गरेको हो ।
प्राधिकरणका अनुसार हाल सडक बत्ती प्रयोग गरेबापत ६ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी छ । उक्त महसुल किस्ताबन्दी मार्फत पनि बुझाउन सकिने सुविधा रहेको प्राधिकरणले जनाएको छ । हालसम्म प्रयोग गरिएको सडक बत्तीको बक्यौता महसुल समर्थन गरि आवश्यक भएमा किस्ताबन्दी सुविधा माग गरि भुक्तानी गर्न सकिने प्राधिकरणले जनाएको छ ।
उक्त बक्यौता महसुल नतिर्ने बिना मिटर जडान गरिएका सडक बत्ती प्राधिकरणबाट हटाईने जनाएको छ । त्यसका लागि सम्वन्धित वितरण केन्द्रमा सम्पर्क राखी रीतपूर्वधक ग्राहक बनेर मिटर मार्फत सडक बत्ती जडान गर्न प्राधिकरणका अनुरोध छ ।
प्राधिकरणबाट स्वीकृती नलिई सडक बत्ती जडान गर्नु नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ (संशोधनसहित) को दफा २ को खन्ड (ङ १) बमोजिम गैरकानुनी मानिन्छ । अनधिकृत तवरले विद्युत् सेवा उपभोग गरेमा सोही ऐनको दफा २३ बमोजिम विद्युत् लाइन काट्न सकिने व्यवस्था रहेको प्राधिकरणले चेतावनी दिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने