ऊर्जा उत्पादन बढाएर समृद्ध नेपाल बनाइन्छ : अध्यक्ष घिसिङ
जलसरोकार
राजविराज : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समृद्ध नेपाल निर्माणका लागि ऊर्जा क्षेत्रको उत्पादन उल्लेख्य रूपमा बढाउनुपर्ने बताएका छन् ।
राजविराजमा आज उज्यालो नेपाल पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष घिसिङले आर्थिक समृद्धिका लागि विद्युत् उत्पादनमा आत्मनिर्भरता र कृषि क्षेत्रको विकास अपरिहार्य रहेको स्पष्ट पारे । ऊर्जा क्षेत्रमा आफूले अघि सारेका सुधार र पहलहरूले नेपालका लागि कार्यान्वयनयोग्य नमुना प्रस्तुत गरेको उनको दाबी थियो ।
अध्यक्ष घिसिङले आफ्नो व्यावहारिक अनुभवलाई देशको समग्र आर्थिक रूपान्तरणमा प्रयोग गर्न सकिने उल्लेख गर्दै आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गरेर देशले विद्युत् निर्यातमार्फत उल्लेख्य आम्दानी गर्न सक्ने बताए ।
“देशलाई ऊर्जा आत्मनिर्भर बनाउने मात्र होइन, नेपाली जनताले निःशुल्क रूपमा विद्युत् प्रयोग गर्न सक्ने अवस्था सिर्जना गर्न सकिन्छ,” उनले भने, “कृषि, खानेपानी, रोजगारी र ऊर्जा जस्ता आधारभूत क्षेत्रमा आत्मनिर्भरता हासिल नगरी दिगो विकास सम्भव हुँदैन भन्नेमा हाम्रो पार्टी स्पष्ट छ ।”
जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर पार्टी अघि बढिरहेको उल्लेख गर्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार