प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मतदान : निर्वाचन आयोग
जलसरोकार
काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ ।
आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार देशभर सम्पन्न मतदानमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको हो ।
“अहिलेसम्म प्राप्त विवरणका आधारमा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ, तर सबै स्थानबाट विवरण सङ्कलन भइरहेको छ,” भण्डारीले बताए ।
निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता सहभागी हुन पाउने व्यवस्था गरिएको थियो । तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य मतदाता रहेका थिए ।
आयोगका अनुसार देशभरबाट मतपेटिका सङ्कलनको काम जारी रहेको छ र विस्तृत विवरण क्रमशः सार्वजनिक गरिनेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना