करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति
जलसरोकार
काठमाडौं : प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई १९ लाख ७८ हजार ३०१ रुपैयाँ क्षतिपूर्ति तथा उपचार खर्च उपलब्ध गराउने निर्णय भएको छ ।
प्राधिकरण सञ्चालक समितिको बुधबार साँझ बसेको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा घाइते भएका कर्मचारीलाई विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसार उपचार खर्चसहित उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार मेलम्ची वितरण केन्द्रको कार्यक्षेत्रअन्तर्गत मेलम्ची नगरपालिका–१० आम्बोटेमा कार्यरत खोटाङका २५ वर्षीय सन्देश मगर भनिने शेरबहादुर मगर २०८२ चैत ११ गते १५ केभी प्रसारण लाइनको डिस्क पिन बदल्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए ।
विद्युत् दुर्घटनामा घाइते भएका मगरलाई उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो । उपचारमा नौ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको थियो ।
विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसार घाइतेलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र उपचारमा लागेको नौ लाख ७८ हजार ३०१ रुपैयाँ गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको सदस्य शाहीले जानकारी दिए ।
मगरले यसअघि नै १० लाख रुपैयाँ पेश्की लिइसकेका छन् । अब बाँकी नौ लाख ७८ हजार ३०१ रुपैयाँ विनियमावलीअनुसार सम्बन्धित वितरण केन्द्रमार्फत घाइते मगरलाई उपलब्ध गराउन सञ्चालक समितिले स्वीकृति दिएको शाहीले बताए।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइनको तार छुँदा घाइते भएकी ८ वर्षीया रश्मीलाई प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति
-
करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति
-
तनहुँका एक हजार ८९५ घरधुरीमा विद्युत् सेवा विस्तार
-
अपर म्याग्दी–१ को अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’
-
त्रिशूली थ्री ‘बी’को कार्यालय भवन नरहेको लगभग निश्चित, बी-१ र बी-२ क्वार्टर क्षेत्रमा थप उत्खनन गरिने
-
चिलिमे उद्धारमा थप आशा : सुरुङमुख नजिकै एक्स्काभेटर, ६ जना जीवित हुने सम्भावना कायम