नेकपाकाे प्रतिबद्धतामा ऊर्जा विकास : पाँच वर्षमा प्रतिव्यक्ति खपत ७५० युनिट पुर्याइने र PPA खाेल्ने लक्ष्य
जलसरोकार
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीले ऊर्जा क्षेत्रको तीव्र विकासका लागि दीर्घकालीन र महत्वाकांक्षी प्रतिबद्धता सार्वजनिक गरेको छ । पार्टीले आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति विद्युत् खपत ७५० किलोवाट घण्टा पुर्याउने लक्ष्य लिएको छ ।
पार्टीले मंगलबार सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा विक्रम सम्वत् २१०० सम्म ४० हजार मेगावाट विद्युत् उत्पादन गर्ने दीर्घकालीन लक्ष्य पूरा गर्न जलविद्युत् क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउन पहल गरिने उल्लेख गरिएकाे छ । नयाँ जलविद्युत् आयोजनाहरूका लागि विद्युत् खरिद सम्झौता (PPA) खुला गरिने तथा निजी क्षेत्रका कम्पनीहरूले पनि यस्तो सम्झौता गर्न सक्ने व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।
आगामी पाँच वर्षमा थप १० हजार मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रणालीको क्षमता १५ हजार मेगावाट पुर्याइने लक्ष्य पार्टीले अघि सारेको छ । विद्युत् निर्यात सुनिश्चित गर्न भारत र बङ्गलादेशसँग भएका ऊर्जा सम्झौताहरू प्रभावकारी बनाइने पनि जनाएको छ ।
त्यस्तै सौर्य, वायु तथा माइक्रो/साना जलविद्युत् जस्ता नवीकरणीय ऊर्जाको प्रवद्र्धन गरी ऊर्जा मिश्रण बढाइने, जलविद्युत् आयोजनाहरूमा वातावरणीय तथा सामाजिक सुरक्षण सुनिश्चित गर्दै दिगो विकास मोडेल अपनाइने प्रतिबद्धता व्यक्त गरिएको छ ।
शतप्रतिशत हरित ऊर्जा उपयोग गर्ने लक्ष्यसहित देशलाई ऊर्जामैत्री राष्ट्र घोषणा गर्न आवश्यक कार्य अघि बढाइने र ऊर्जा क्षेत्रमा स्वदेशी तथा बाह्य लगानी आकर्षित गर्न नीतिगत तथा कानुनी सुधार गरिने पार्टीले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना