नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
जलसरोकार
काठमाडौं : नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुलको निर्माण कार्य पूरा भएको छ । नवलपुर क्षेत्रमा पर्ने ३४ पुलमध्ये अरुणखोला पुल मात्र अन्तिम चरणमा रहेको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।
गैँडाकोटदेखि दाउन्नेसम्मको खण्डमा २५ मिटर लम्बाइसम्मका २२ साना पुल र २५ मिटरभन्दा लामा १२ पुल निर्माण गर्नुपर्नेमा हालसम्म ३३ वटा पुल बन्न सफल भएको आयोजनाले जनाएको छ । अरुणखोला, गिरुवारी खोला र विनयी खोलामा दुई सय मिटरभन्दा लामो पुल निर्माणको योजनाअन्तर्गत अरुणखोला पुल मात्र बाँकी रहेको र उक्त पुल पनि छिट्टै सम्पन्न हुने अधिकारीले बताए ।
कावासोतीको केरुङ्गे खोला र चोरमाराको गिरुवारी खोलामा एप्रोच सडक निर्माण भइरहेकाले केही दिनमै ती पुलमार्फत सवारी आवागमन सुरु हुने बताइएको छ । दाउन्ने क्षेत्रमा भने केही कल्भर्ट निर्माणका काम अन्तिम चरणमा रहेका छन् ।
सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ। दाउन्नेबाहेकका क्षेत्रमा कालोपत्रे कार्य सम्पन्न भएकाले यात्रा सहज बनेको छ भने दाउन्ने क्षेत्रमा अझै ढलान र अन्य संरचना निर्माण जारी छन् ।
२०७५ माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी काम सुरु गरिएको परियोजनाको म्याद समयमै काम नसकिँदा २०८३ असारसम्म चौथोपटक थपिएको छ। एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा निर्माण भइरहेको उक्त सडकको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
एक सय १३ किलोमिटर लम्बाइको यस सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६–६ मिटर सर्भिस लेन र दाउन्ने खण्डका १४ किलोमिटर क्षेत्रमा तीन लेनको सडक निर्माणको योजना रहेको आयोजनाले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार
-
प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
सानिगाड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला