सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत् सम्बन्धी मुद्दा जित्यो

जलसरोकार
सोमबार, पुस ०७, २०८२ | १३:०५:२९ बजे

 

काठमाडौं : नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको आयोजनासँग सम्बन्धित काउन्टर ग्यारेन्टी विवादमा चिनियाँ अदालतबाट अन्तिम सफलता हासिल गरेको छ ।

चीनको चोङछिङ हाइयर पिपुल्स अदालतले नबिल बैंकको पक्षमा फैसला सुनाएसँगै चारवटा बैंक ग्यारेन्टीबापत ७४ लाख ४९ हजार ३८६ अमेरिकी डलर बराबरको रकम प्राप्त भएको बैंकले जनाएको छ ।

त्रिशूली थ्रीबी जलविद्युत् आयोजनाको ठेक्का रद्द भएपछि चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपको तर्फबाट जारी काउन्टर ग्यारेन्टी भुक्तानी गर्न चाइना एभरब्राइट बैंक (छेन्दु शाखा) ले अस्वीकार गरेको थियो । नबिल बैंकले भने आफ्नो दायित्वअनुसार त्रिशूली जलविद्युत् कम्पनीलाई ग्यारेन्टी रकम भुक्तानी गरिसकेको थियो ।

यसपछि नबिल बैंकले चिनियाँ अदालतमा मुद्दा दायर गरेको थियो । सन् २०२४ जनवरीमा नबिल बैंकको पक्षमा फैसला आए पनि निर्माण कम्पनीले पुनरावेदन दिएको थियो । अन्ततः सन् २०२५ सेप्टेम्बर २३ मा उच्च अदालतले पनि नबिल बैंककै पक्षमा फैसला सुनाएको हो ।

त्रिशूली जलविद्युत् कम्पनीले सुइफा एएनएचई ग्रुपसँग २०७४ फागुन ३० गते ठेक्का सम्झौता गरेको थियो । तोकिएको समयमा निर्माण कार्य सम्पन्न नभएपछि २०८० मङ्सिर ३० गते ठेक्का रद्द गर्दै बैंक ग्यारेन्टी जफत गरिएको थियो ।

प्रकाशित मिति : सोमबार, पुस ०७, २०८२ | १३:०५:२९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया