नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत् सम्बन्धी मुद्दा जित्यो
जलसरोकार
काठमाडौं : नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको आयोजनासँग सम्बन्धित काउन्टर ग्यारेन्टी विवादमा चिनियाँ अदालतबाट अन्तिम सफलता हासिल गरेको छ ।
चीनको चोङछिङ हाइयर पिपुल्स अदालतले नबिल बैंकको पक्षमा फैसला सुनाएसँगै चारवटा बैंक ग्यारेन्टीबापत ७४ लाख ४९ हजार ३८६ अमेरिकी डलर बराबरको रकम प्राप्त भएको बैंकले जनाएको छ ।
त्रिशूली थ्रीबी जलविद्युत् आयोजनाको ठेक्का रद्द भएपछि चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपको तर्फबाट जारी काउन्टर ग्यारेन्टी भुक्तानी गर्न चाइना एभरब्राइट बैंक (छेन्दु शाखा) ले अस्वीकार गरेको थियो । नबिल बैंकले भने आफ्नो दायित्वअनुसार त्रिशूली जलविद्युत् कम्पनीलाई ग्यारेन्टी रकम भुक्तानी गरिसकेको थियो ।
यसपछि नबिल बैंकले चिनियाँ अदालतमा मुद्दा दायर गरेको थियो । सन् २०२४ जनवरीमा नबिल बैंकको पक्षमा फैसला आए पनि निर्माण कम्पनीले पुनरावेदन दिएको थियो । अन्ततः सन् २०२५ सेप्टेम्बर २३ मा उच्च अदालतले पनि नबिल बैंककै पक्षमा फैसला सुनाएको हो ।
त्रिशूली जलविद्युत् कम्पनीले सुइफा एएनएचई ग्रुपसँग २०७४ फागुन ३० गते ठेक्का सम्झौता गरेको थियो । तोकिएको समयमा निर्माण कार्य सम्पन्न नभएपछि २०८० मङ्सिर ३० गते ठेक्का रद्द गर्दै बैंक ग्यारेन्टी जफत गरिएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता