४० वर्षमा नबिल बैंकले तिर्यो २५ अर्ब रुपैयाँ बढी कर, आठौं पटक धेरै सम्मानित


काठमाडौं,: नेपालका प्रमुख वाणिज्य बैंकमध्ये एक नबिल आठौं पटक सबैभन्दा धेरै कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । उक्त बैंकले ४० वर्षमा नबिलले २५ अर्ब ३५ करोड ९१ लाख ८१ हजार रुपैयाँ बराबर आयकर तिरेको छ ।
यही १ मंसिरको १३ औं राष्ट्रिय कर दिवसमा आन्तरिक राजस्व कार्यालयले नबिल बैंकलाई सबैभन्दा धेरै कर तिर्ने बैंकका रूपमा सम्मान गरेको थियो ।
नेपाल अरब बैंक इन्टरनेसनल लिमिटेड (नबिल) का नाममा असार २०४१ मा संयुक्त लगानी (विदेशी लगानी) मा स्थापित नबिल निजी क्षेत्रको पहिलो बैंक हो । त्यसयता २०८०/८१ सम्मको ४० वर्षमा नबिलले २५ अर्ब ३५ करोड ९१ लाख ८१ हजार रुपैयाँ बराबर आयकर तिरेको छ ।
पछिल्लो १३ वर्षमा राष्ट्रिय कर दिवसमा बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रतर्फको सम्मान नबिलले ८औं पटक पाएको हो ।
नबिल आक्रामक व्यवसाय विस्तार, डिजिटाइजेनसमा अब्बल र लगानीकर्तालाई उच्चतम प्रतिफल दिने बैंक मानिन्छ । संयुक्त लगानीमा स्थापित बैंकमा पछि नेपालको व्यावसायिक घराना चौधरी ग्रुप (सीजी) प्रवेश गरेको थियो ।
आयकर ऐनको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशत आयकर तिर्नुपर्ने हुन्छ । आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ८० करोड ३० लाख ८३ हजार आयकर तिर्दा नबिल सबैभन्दा धेरै आयकर तिर्ने बैंक बनेको थियोे ।
त्यस्तै २०८०/८१ मा पनि २ अर्ब ७४ करोड ३५ लाख ९७ हजार आयकर तिरेको छ । गत वर्ष तिरेको आयकरका आधारमा धेरै कर तिर्ने करदाता आगामी वर्ष हुने कर दिवसमा दिनमा सम्मानित हुन्छ ।
नबिल २०६७/६८ मा बैंकतर्फ सबैभन्दा धेरै कर तिर्ने करदाताका रूपमा पहिलो पटक सम्मानित भएको थियो । त्यसपछि २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७९/८० मा उत्कृष्ट करदाता बनको थियो ।
नबिललाई २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा सरकारले यो वर्ष प्रमाणपत्र सहित सम्मान गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले नबिललाई सम्मानपत्र प्रदान गरेका थिए ।
सरकारले २०६७/६८ मा तिरेको करका आधारमा २०६९ बाट क्षेत्रगत रूपमा धेरै कर तिर्ने करदातालाई सम्मान गर्दै आएको छ । त्यसयता १३ वर्षमा ८ पटक नबिल आफ्नो क्षेत्रमा उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ । यस आधारमा नबिल बैंक तथा वित्तीय संस्थामध्ये अहिलेम्म धेरै कर तिर्ने बैंक पनि हो ।
२०७२/७३ यता नबिलले हरेक वर्ष अर्बमाथि आयकर तिरेको छ । २०७२/७३ यता नौ वर्षमा मात्रै उसले १७ अर्ब ५२ करोड ५९ लाख आयकर भुक्तानी गरेको छ ।
नेपालमा आधुनिक बैकिङ सिकाउने बैंक नबिल हो । नबिल स्थापना हुँदा तीनवटा सरकारी बैंकमात्र थिए । सुरुमा नबिल अरब बैंकका नाममा स्थापना भएको र विदेशी लगानीसँग सहकार्य भएकाले विदेशका अनुभवी र दक्ष व्यक्ति काम गर्थे । उनीहरूकै विज्ञता हेरेर नेपालको बैंकिङ क्षेत्रलाई नयाँ ढाँचा दिन नबिलको ठूलो योगदान छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
समयमै आयोजना सम्पन्न गर्न मन्त्री खड्काको निर्देशन, निजी लगानीकर्तासँग सहकार्य बढाउने तयारी
-
नेपालको जलविद्युत् चक्रव्यूहको दुष्परिणाम
-
सुनको भाउ एक सातामा रु ३२ सयले घट्यो
-
अर्थमन्त्री पौडेलको निर्देशन : बजेटका लक्ष्य पूरा गर्न तत्काल सक्रिय बन्नुहोस्
-
आव २०८१/८२ मा सरकारको कुल खर्च १५ खर्ब ८ अर्ब
-
अधूरो लिफ्ट आयोजना पूरा नहुँदा वर्षेनी लाखौँको घाटा