माई बेनीले पायो विश्वविख्यात ‘गोल्ड स्टान्डर्ड सर्टिफिकेशन’
जलसरोकार
काठमाण्डाै : सामलिङ पावर कम्पनीले निर्माण गरेको ९.५१ क्षमताको माई बेनी जलविद्युत आयोजनाले विश्वविख्यात ‘गोल्ड स्टान्डर्ड सर्टिफिकेशन’ प्राप्त गरेको छ । हाइड्रोपावर सस्टेनेबिलिटी एलाइन्सले माई बेनीलाई जलविद्युत आयोजनालाई सो गोल्ड स्ट्यान्डर्ड सर्टिफिकेशन दिएको हो ।
आयोजना निर्माणको चरणका साथै आयोजना सञ्चालनमा आएपश्चात वातावरण तथा सामाजिक क्षेत्रमा पहिचान गरिएका प्रभाव न्यूनीकरण सम्बन्धी कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम भएको भन्दै सो सर्टिफिकेशन प्राप्त गरेको कम्पनीले जनाएको छ ।
हाइड्रोपावर सस्टेनेबिलिटी एलाइन्सले आयोजनाको स्थलगत निरिक्षण पश्चात सो सर्टिफिकेशन दिएको थियो । सामलिङ पावर कम्पनी नवीकरणीय ऊर्जाको क्षेत्रमा स्थापित ऊर्जा डेभलपर्स सम्बद्ध सस्था समेत हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली