सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

रसुवागढी र तातोपानी नाका बन्द भएपछि मुस्ताङ भन्सारको राजस्व बढ्यो

जलसरोकार
बुधबार, भदौ २४, २०८३ | १०:३०:०० बजे

 

काठमाडौं : भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयको राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ ।

भन्सार कार्यालयका अनुसार भदौ १० देखि २३ गतेसम्म मात्रै रु ५६ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । रसुवागढी र तातोपानी नाका एकैसाथ बन्द भएपछि कोरला नाका चीनसँगको वैकल्पिक व्यापारिक मार्ग बनेकाले मुस्ताङ भन्सारमा राजस्व सङ्कलन बढेको हो ।

भन्सार प्रमुख विदुर चुडालका अनुसार उक्त अवधिमा कोरला नाका हुँदै नेपाल प्रवेश गरेका ८८ वटा मालवाहक कन्टेनर र १३० वटा विद्युतीय सवारीसाधन (इभी) को भन्सार जाँचपास भएको छ । पछिल्लो समय कोरला नाकाबाट दैनिक १५ वटासम्म विद्युतीय सवारीसाधन र १० वटाभन्दा बढी मालवाहक कन्टेनर नेपाल भित्रिने गरेका छन् ।

चुडालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि भदौ १० गतेसम्म १६३ वटा विद्युतीय सवारीसाधन र १३३ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास भएको थियो । उक्त ४० दिनको अवधिमा रु ५२ करोड ८० लाख राजस्व सङ्कलन भएको थियो ।

त्यसयता व्यापारिक गतिविधि बढेसँगै मुस्ताङ भन्सार कार्यालयको कुल राजस्व सङ्कलन रु एक अर्ब ८ करोड ८० लाख पुगेको छ ।

गत आर्थिक वर्ष २०८२/८३ मा मुस्ताङ भन्सार कार्यालयले रु ६ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो ।

 

 

प्रकाशित मिति : बुधबार, भदौ २४, २०८३ | १०:३०:०० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया