ऊर्जा परियोजना विकासमा आईएमई ग्रुप, इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग समझदारी
जलसरोकार
काठमाडौं– आईएमई ग्रुप र इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरुको विकासमा साझेदारी गर्ने भएका छन्। आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र पिटी पिएलएन नुसन्तराका निर्देशक मुहम्मद रेजा बीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
पिटी पिएलएन नुसन्तरा इन्डोनेसिया सरकारको स्वामित्वमा रहेको ऊर्जा विकास कम्पनी हो । यस समझदारी अन्तर्गत पिटी पिएलएनले आफ्नो विशेषज्ञताका आधारमा नेपालमा नवीकरणीय ऊर्जा परियोजनाहरूको विकासका लागि थप अध्ययन तथा विश्लेषण गर्नेछ।
पिटी पिएलएनले स्थानीय तथा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पावर प्लान्टको सञ्चालन तथा मर्मत सम्भारमा विशेषज्ञता हासिल गरेको छ। कम्पनीले सिंगापुर, मलेसिया, कुवेत, चीन र साउदी अरब लगायतका देशमा सेवा विस्तार गरिसकेको छ।
सो अवसरमा आईएमई ग्रुपका अध्यक्ष ढकालले नेपालको ऊर्जा उत्पादनमा थप अवसरहरू खोल्न नयाँ साझेदारीले सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए। बढ्दो ऊर्जा मागलाई सम्बोधन गर्न तथा यस क्षेत्रको दिगो विकासलाई सघाउन इन्डोनेसियाको विशेषज्ञता तथा अनुभवलाई यो समझदारी मार्फत उपयोग गर्न सकिनेमा विश्वस्त रहेको उनले बताएका थिए।
आईएमई ग्रुपले जलविद्युत, बैंकिङ, बीमा, पर्यटनपूर्वाधार र सूचना प्रविधि लगायतका क्षेत्रहरुमा लगानी विस्तार गरिरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हुरीबताससहितको वर्षा प्रणाली पूर्वतिर सर्दै, उपत्यकामा वर्षा हुँदै
-
साताको पहिलो दिन नेप्से ३४.६३ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
झापा इनर्जी लिमिटेडकाे नाफा १ करोड ६० लाख, आम्दानी बढ्दा वित्तीय सुधार
-
विश्व बैंकको ५२ मिलियन डलर ऋण र ५ मिलियन अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्काे निर्णय
-
निजी क्षेत्रलाई सशक्त बनाउँदै आर्थिक रूपान्तरणको नेतृत्व गर्नुपर्ने : अध्यक्ष ढकाल
-
आँखुखोला जलविद्युत्काे १७औँ र १८औँ वार्षिक साधारण सभा जेठ १५ मा हुने