छ महिनामा वीरगञ्जबाट ३२ हजारभन्दा बढी अनएसेम्बल्ड मोटरसाइकल आयात
जलसरोकार
वीरगञ्ज: चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज नाकाबाट रु ४ अर्ब ५६ करोड बराबरका ३२ हजार ३३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन् ।
ती सवारी साधनको आयातबाट रु ४ अर्ब ४३ करोड राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु ३ अर्ब ३८ करोड बराबरका २५ हजार ८५७ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए ।
भन्सारका अनुसार चालु आवको पहिलो छ महिनामा रु ४५ करोड ८१ लाख बराबरका ४ हजार ५६७ वटा पेट्रोल मोटरसाइकल आयात भएका छन् । गत आवको सोही अवधिमा रु २० करोड ७६ लाख बराबरका २ हजार १९२ वटा मोटरसाइकल आयात भएका थिए ।
यसैगरी, चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु ५८ करोड १८ लाख बराबरका ४ हजार ५९४ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा रु ३० करोड ९६ लाख बराबरका २ हजार २१८ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता