उज्यालो नेपाल पार्टीमा २०० भन्दा बढी नेता–कार्यकर्ता प्रवेश
जलसरोकार
काठमाडौँ: उज्यालो नेपाल पार्टी काठमाडौं–रामेछाप सम्पर्क मञ्चको आयोजनामा काठमाडौँको कोटेश्वरस्थित ए–वन क्याफेमा सम्पन्न कार्यक्रममा २०० भन्दा बढी व्यक्ति विभिन्न राजनीतिक दल परित्याग गरी उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्।
पार्टी प्रवेश गर्नेहरूमा अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य निराजन लामा, २०४६ सालदेखि नेपाली कांग्रेसमा सक्रिय सदस्य मनोज घिसिङ, नेकपा एमालेका नेता नारायण स्याङ्ताङलगायत विभिन्न दलमा आबद्ध नेता तथा कार्यकर्ताहरू रहेका छन् ।
कार्यक्रममा पार्टी प्रवेश गर्दै अनेरास्ववियुका केन्द्रीय सदस्य पद त्याग गरी आएका निराजन लामाले पूर्वमन्त्री तथा पार्टी अध्यक्ष कुलमान घिसिङको नेतृत्व र कार्यशैलीबाट प्रभावित भएर उज्यालो नेपाल पार्टीमा आबद्ध भएको बताए । उनले कुलमान घिसिङ चिलिमे जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत रहँदा स्थानीय जनतालाई हाइड्रो सेयर वितरण गरी वास्तविक समाजवादको अभ्यास गरिएको उल्लेख गरे ।
“स्थानीय जनतालाई स्वामित्वमा सहभागी गराउने त्यो अभ्यास नै समाजवादको उदाहरण हो,” लामाले भने, “त्यही कार्यले मलाई उज्यालो नेपाल पार्टीतर्फ आकर्षित ग¥यो।”
कार्यक्रमलाई सम्बोधन गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले पार्टी प्रवेश गर्ने सबैलाई स्वागत गर्दै इमान्दार, पारदर्शी र परिणाममुखी राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पार्टीले गर्ने कामप्रति कसैलाई पनि पछुतो नहुने गरी काम गरेर देखाउने दाबी गरे।
“एक पटक हामीलाई विश्वास गर्नुस्,” अध्यक्ष घिसिङले भने, “त्यसपछि फेरि तपाईंहरू आफैँ हामीलाई खोज्दै आउने गरी काम गरेर देखाउँछौँ। हाम्रो सबैभन्दा ठूलो शक्ति भनेकै जनताको विश्वास हो ।”
आगामी निर्वाचनप्रति संकेत गर्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीका सम्पूर्ण उम्मेदवारलाई विजयी गराउन पार्टी पङ्क्ति र आम नागरिकलाई आग्रह गरे। जनताले विश्वास गरेर जिम्मेवारी दिएमा प्रधानमन्त्रीको दाबेदार बन्न सक्ने र सरकारको नेतृत्व गर्ने अवसर पाए देशलाई विकासको सही दिशामा अघि बढाउने दृढ विश्वास पनि उनले व्यक्त गरे।
कार्यक्रममा सहभागीहरूले परम्परागत दलप्रति जनतामा निराशा बढिरहेको र वैकल्पिक राजनीतिक शक्तिका रूपमा उज्यालो नेपाल पार्टीप्रति आकर्षण बढ्दै गएको प्रतिक्रिया दिएका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
“विद्युत्मा भ्याट नयाँ होइन, करको दायरा विस्तार हो– ५० युनिटसम्मका उपभोक्ता सुरक्षित” : सांसद इन्जिनियर श्रीराम न्यौपाने
-
५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट लगाउने निर्णयको पूर्व ऊर्जामन्त्री कुलमानद्वारा विरोध
-
ऊर्जा क्षेत्रका लागि निजी लगानीमैत्री बजेट, तर सफलता कार्यान्वयनमा निर्भर
-
ऊर्जा क्षेत्रमार्फत आर्थिक रूपान्तरणको महत्वाकांक्षी योजना, जलाशययुक्त आयोजना, विद्युत् निर्यात र सिँचाइ विस्तारमा सरकारको जोड
-
आगामी वर्षकाे बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ
-
आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने