विद्युत् बिक्री घट्दा मोदी इनर्जीकाे नाफा खुम्चियो
जलसरोकार
काठमाडौँ : मोदी इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढेको छ ।
गत आर्थिक वर्षको पुस मसान्तसम्म ३ करोड ३५ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनी चालु आर्थिक वर्षको सोही अवधिमा ६ करोड २४ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ । विद्युत् बिक्री आम्दानी घट्नु नै नोक्सानी बढ्नुको मुख्य कारण रहेको कम्पनीले जनाएको छ ।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी २८ करोड ६८ लाख रुपैयाँबाट घटेर २२ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ । कुल नाफा २५ करोड ८३ लाख रुपैयाँबाट घटेर १९ करोड २ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा पनि २५ करोड ६६ लाख रुपैयाँबाट घटेर १८ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ। यद्यपि सोही अवधिमा कम्पनीको वित्तीय खर्च २५.६५ प्रतिशतले घटेको छ ।
चालु आर्थिक वर्षको पहिलो छ महिनासम्म कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ५८ रुपैयाँ ८० पैसा कायम रहेको छ । २ अर्ब ९० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष १ अर्ब १९ करोड रुपैयाँ ऋणात्मक रहेको विवरणमा उल्लेख छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता