नेपाल हाइड्रोपावर एकेडेमीको अध्यक्षमा मिथुन चक्रवर्तीप्रसाद पौडेल चयन
जलसरोकार
धादिङ : नेपाल हाइड्रोपावर एकेडेमी (NHA) को चौथो वार्षिक साधारण सभाले मिथुन चक्रवर्तीप्रसाद पौडेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ।
वि.सं. २०८२/१०/०२ गते सम्पन्न साधारण सभाले नयाँ सञ्चालक समिति चयन गर्दै पौडेलको अध्यक्षतामा समिति गठन गरेको हो। बैठक अध्यक्ष श्री विश्वेश्वरप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो। सञ्चालक समितिको उक्त निर्णयलाई कम्पनी रजिष्टार कार्यालय यही फागुन १४ गते मान्यता दिएको थियो ।
साधारण सभाको निर्णयअनुसार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (IPPAN) का प्रतिनिधि मिथुन चक्रवर्तीप्रसाद पौडेल अध्यक्षमा चयन भएका हुन्। साथै, अन्य सदस्यहरूमा विश्वेश्वरप्रसाद ढकाल, शंकर न्यौपाने, गोपाल न्यौपाने र सज्जन न्यौपाने चयन भएका छन्।
यसैगरी, कम्पनी ऐन २०६३ बमोजिम नाफा वितरण नगर्ने कम्पनीअन्तर्गत ३ वर्षे कार्यकालका लागि सञ्चालकहरू नियुक्त गरिएको दस्तावेजमा उल्लेख छ। नवगठित समितिको कार्यकाल तीन वर्षको रहनेछ।
नेपाल हाइड्रोपावर एकेडेमी धादिङको धुनिबेसीमा अवस्थित एक गैर-नाफामूलक तथा गैर-सरकारी व्यावसायिक तालिम केन्द्र हो, जुन सन् २०२२ मा स्थापना भएको हो। एकेडेमीले जलविद्युत् आयोजनाहरूको सञ्चालन तथा मर्मतसम्भारमा केन्द्रित छोटो अवधिका (२ हप्ता र ३ महिना) व्यावहारिक, अन्तर्राष्ट्रिय स्तरका तथा बजारमुखी तालिम प्रदान गर्दै आएको छ। यहाँ युरोपबाट ल्याइएका उन्नत सामग्रीसहित अत्याधुनिक जलविद्युत् कार्यशाला सञ्चालनमा छ।
साधारण सभामा अन्य कुनै प्रस्ताव नआएकाले बैठक समापन गरिएको उल्लेख गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्री श्रेष्ठले सार्वजनिक गरे ऊर्जा क्षेत्रको संरचनात्मक सुधारका लागि ३२ बुँदे सुधार योजना
-
मनसुनपूर्व तयारी : बाढी–जोखिम न्यूनीकरणका लागि २४ सै घण्टा पूर्वसूचना प्रणाली सक्रिय
-
सेयर बजारमा गिरावट, नेप्से ३३ अंकले घट्यो
-
नारायणी सिँचाइ : जामुनी ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो
-
ऊर्जा क्षेत्र सुधारका लागि चारवटा विधेयक बनाउँदै ऊर्जा मन्त्रालय
-
सुनचाँदीको मूल्यमा निरन्तर उकालो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?