ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पछिल्लो १५ दिनमा भएका प्रमुख नीतिगत, प्रशासनिक तथा द्विपक्षीय उपलब्धिहरू सार्वजनिक गरेको छ। मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार विद्युत् नियमन आयोगमा नयाँ नेतृत्व नियुक्तिदेखि नेपाल–भारत ऊर्जा सहकार्यका महत्वपूर्ण निर्णयहरू भएका छन्।
मन्त्रिपरिषद्को श्रावण ६ गतेको निर्णयअनुसार डा. रामप्रसाद धिताललाई विद्युत् नियमन आयोगको अध्यक्ष तथा जयराज भण्डारी, लोकराज पाठक र बलराम सिलवाललाई सदस्य नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी, नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (JSC) र संयुक्त कार्यदल (JWG) को १३औँ बैठकमा अन्तरदेशीय प्रसारण लाइन विस्तार, विद्युत् आयात–निर्यात क्षमता वृद्धि तथा संयुक्त ऊर्जा पूर्वाधार निर्माणका विषयमा महत्वपूर्ण सहमति भएको छ। ढल्केबर–मुजफ्फरपुर र ढल्केबर–सीतामढी प्रसारण लाइनमार्फत विद्युत् आयात तथा निर्यात क्षमता बढाउने, चमेलिया–जौलजीबी प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन स्वीकृत गर्ने तथा नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई तीव्रता दिने निर्णय भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार संघ, प्रदेश र स्थानीय तहबीच समन्वय बढाउने उद्देश्यले विषयगत समितिको बैठक सम्पन्न भएको छ। बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८३ र जलस्रोत विधेयकमाथि छलफल गर्दै जलस्रोतको बहुआयामिक उपयोग, वाटर अडिट तथा नदी बेसिन गुरुयोजना कार्यान्वयनका विषयमा सहमति जुटाइएको छ।
यस्तै, विद्युत् विधेयक र सिँचाइ विधेयक तर्जुमा कार्यलाई पनि मन्त्रालयले अगाडि बढाएको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जब पहाड फुट्यो
-
संविधान दिवसमा ऊर्जा र सुशासनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै