सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने

जलसरोकार
मंगलबार, असोज ०६, २०८३ | १०:००:०५ बजे

 

काठमाडौं : मिड सोलु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर तथा बोनस शेयरको कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

असोज ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

प्रस्तावित लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित गर्नुपर्नेछ । साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई लाभांश वितरण गरिनेछ ।

प्रकाशित मिति : मंगलबार, असोज ०६, २०८३ | १०:००:०५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया