मध्यपहाडी लोकमार्ग : मोदीखोलामा आर्क ब्रिज निर्माण सुरु
जलसरोकार
पर्वत : पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । पर्वतको मोदी गाउँपालिका–२ र पातिचौर–६ डिमुवालाई जोड्ने गरी पुल निर्माणको काम सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।
राजमार्गको पर्वत खण्डमा कालोपत्रे सम्पन्न भएको करिब तीन वर्षपछि पुल निर्माण सुरु गरिएको हो। आयोजनाका इन्जिनियर कल्पना मिश्रका अनुसार निर्माणाधीन पुल ६२ मिटर लामो र ११ मिटर चौडा हुनेछ । डबल स्पानको उक्त पुल निर्माणका लागि रु सात करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।
हालसम्म सो आयोजनाअन्तर्गत पर्वत खण्डको तमादीखोला र बागलुङ जिल्लाको काठेखोलामा पुल निर्माण सम्पन्न भइसकेको छ भने सुन्दरेखोला र मोदीखोलामा पुल निर्माण कार्य जारी छ । मोदीखोलामा निर्माणाधीन पुल आगामी भदौ मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने पोखरा–कुश्मा सडक खण्ड तीन वर्षअघि नै दुई लेनमा स्तरोन्नति भइसकेको भए पनि पुरानो संरचनामा बनेका एक लेनका पुलहरूले सवारी साधनको चाप धान्न कठिन भएपछि नयाँ पुल निर्माण थालिएको आयोजनाले जनाएको छ । नयाँ पुल निर्माणपछि सवारी आवागमन सहज हुनुका साथै दुर्घटनाको जोखिम पनि न्यून हुने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता