मेची भन्सारमा पेट्रोलियम पदार्थबाट सबैभन्दा बढी राजस्व सङ्कलन
जलसरोकार
भद्रपुर ः मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थ आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार चालु आवको पहिलो पाँच महिनामा पाँच किसिमका पेट्रोलियम पदार्थ रु सात अर्ब ८४ करोड ४० लाख मूल्य बराबरका ११ हजार २८ किलो लिटर आयात भएका छन्। पेट्रोलियम पदार्थले यस अवधिमा कार्यालयको कुल राजस्व सङ्कलनको ५५ दशमलव ८० प्रतिशत हिस्सा ओगटेको उनले जानकारी दिए ।
कार्यालयको तथ्याङ्कअनुसार पेट्रोलियम पदार्थपछि तयारी कपडाबाट ४.१४ प्रतिशत, यातायातका साधन तथा तिनका पार्टपुर्जाबाट ३.६८ प्रतिशत, तरकारीबाट ३.४० प्रतिशत र सिमेन्ट क्लिङ्करबाट ३.३० प्रतिशत राजस्व सङ्कलन भएको छ ।
भन्सार कार्यालयले आयातको परिमाण र मूल्यका आधारमा आगामी महिनामा समेत पेट्रोलियम पदार्थबाट उल्लेख्य राजस्व सङ्कलन हुने अपेक्षा गरेको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु