सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

मेची भन्सारमा पेट्रोलियम पदार्थबाट सबैभन्दा बढी राजस्व सङ्कलन

जलसरोकार
मंगलबार, पुस १५, २०८२ | ०९:४०:५१ बजे

 

भद्रपुर  ः  मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थ आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार चालु आवको पहिलो पाँच महिनामा पाँच किसिमका पेट्रोलियम पदार्थ रु सात अर्ब ८४ करोड ४० लाख मूल्य बराबरका ११ हजार २८ किलो लिटर आयात भएका छन्। पेट्रोलियम पदार्थले यस अवधिमा कार्यालयको कुल राजस्व सङ्कलनको ५५ दशमलव ८० प्रतिशत हिस्सा ओगटेको उनले जानकारी दिए ।

कार्यालयको तथ्याङ्कअनुसार पेट्रोलियम पदार्थपछि तयारी कपडाबाट ४.१४ प्रतिशत, यातायातका साधन तथा तिनका पार्टपुर्जाबाट ३.६८ प्रतिशत, तरकारीबाट ३.४० प्रतिशत र सिमेन्ट क्लिङ्करबाट ३.३० प्रतिशत राजस्व सङ्कलन भएको छ ।

भन्सार कार्यालयले आयातको परिमाण र मूल्यका आधारमा आगामी महिनामा समेत पेट्रोलियम पदार्थबाट उल्लेख्य राजस्व सङ्कलन हुने अपेक्षा गरेको जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, पुस १५, २०८२ | ०९:४०:५१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया