रातमाटे सबस्टेशन निर्माणअघि एमसिए नेपालले दियाे क्षमता अभिवृद्धि तालिम
जलसरोकार
काठमाडौं : एमसिए–नेपालले नुवाकोट जिल्लामा निर्माण हुन लागेको रातमाटे सबस्टेशन परियोजनासँग सम्बन्धित निर्माण कम्पनीका प्रतिनिधिहरूका लागि मानव बेचबिखन तथा महिला तथा बालबालिकामाथि हुने यौन उत्पीडन र हिंसा रोकथामसम्बन्धी क्षमता अभिवृद्धि तालिम दिएकाे छ ।
फागुन ४ र ५ गते सञ्चालन गरिएको उक्त तालिम टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनीका प्रतिनिधिहरूलाई लक्षित गरी सञ्चालन गरिएको हो। सो कम्पनी रातमाटे सबस्टेशन निर्माणका लागि छनोट भएको निर्माण कम्पनी हो।
तालिमको उद्देश्य सबस्टेशन निर्माणमा खटिने कर्मचारीहरू र स्थानीय समुदायका लागि सुरक्षित, सम्मानजनक तथा उत्तरदायी कार्य वातावरण सुनिश्चित गर्नु रहेको एमसिए–नेपालले जनाएको छ । निर्माण कार्यका क्रममा मानव बेचबिखन, यौन उत्पीडन तथा महिला र बालबालिकामाथि हुने हिंसाका जोखिम न्यूनीकरण गर्न कर्मचारीहरूको भूमिका स्पष्ट पार्ने विषयमा प्रशिक्षण केन्द्रित थियो।
कार्यक्रममा सहभागीहरूलाई कार्यस्थल सुरक्षित राख्ने उपाय, सम्भावित दुर्व्यवहार तथा हिंसाजन्य घटनाको पहिचान र रोकथाम, तथा यस्ता घटनाबारे उपलब्ध माध्यममार्फत उजुरी दर्ता गर्ने प्रक्रियाबारे जानकारी प्रदान गरिएको थियो।
दुईदिने तालिममा कुल २८ जना सहभागी रहेका थिए। एमसिए–नेपालले पूर्वाधार निर्माणसँगै सामाजिक सुरक्षालाई समेत प्राथमिकतामा राख्दै यस्ता सचेतनामूलक तथा क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता