सूचनाबिना प्राधिकरणले बिजुलीको लाइन काट्न थालेको भन्दै माओवादी सांसदको आपत्ति, सभामुखसँग रुलिङको माग
जलसरोकार
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले पटक–पटक बिजुलीको लाइन काट्न थालेको भन्दै माओवादी केन्द्रका सांसदले संसदमा आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै माओवादी केन्द्रकी सांसद नारायणी शर्माले विद्युत् प्राधिकरणले जनतालाई सूचना नदिई पटक–पटक लाइन काट्न थालेको भन्दै आपत्ति जनाएकी हुन् ।
सांसद शर्माले गर्मीको समयमा सूचनाबिना लाइन काट्दा जनता आहत भइसकेको बताइन् । उनले जनताको जीवनमाथि खेलबाड नगर्न प्राधिकरणलाई आग्रह गरिन् ।
सांसद शर्माले प्राधिकरणलाई लाइन नियमित दिन रुलिङ गर्न सभामुखसँग माग समेत गरेकीछिन् । ‘लाइन नियमित दिइयोस् भनेर सभामा प्राधिकरणलाई रुलिङ गरियोस् भन्ने माग गर्न चाहन्छु,’ उनले भनिन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना