जगदुल्लाह हाइड्रोपावरबारे छानबिन गर्न माओवादी सांसदको माग
जलसरोकार
काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सांसद अमनलाल मोदीले डोल्पा जिल्लामा निर्माण गर्ने भनिएको जगदुल्ला जलविद्युत् आयोजनाको खरिद प्रक्रियमा अनियमिता भएको आरोप लगाउँदै छानविन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले भने,“ आयोजनाको खरिद प्रक्रियामा कानुन विपरीत काम भएको बुझिएको छ । यसबारेमा छानबिन गर्नुपर्छ ।”
उनले उक्त जलविद्युत् आयोजनामा सार्वजनिक खरिद ऐन र नियमावली विपरीत काम भएको आरोप समेत लगाउँदै नेपालबाट भएको अवैध पुँजी पलायन रोक्न र विदेश गइसकेको रकम फिर्ता गर्न आवश्यक प्रक्रिया थाल्न माग गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना