माण्डु हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर वितरण गर्ने
जलसरोकार
काठमाडौं : माण्डु हाइड्रोपावर लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर तथा बोनस शेयरको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार प्रस्तावित लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीहरूलाई वितरण गरिनेछ।
यस निर्णयसँगै कम्पनीका शेयरधनीहरूले बोनस शेयरसँगै कर तिर्न आवश्यक पर्ने रकम बराबरको नगद लाभांशसमेत प्राप्त गर्नेछन्।
कम्पनीले लाभांश वितरणमार्फत लगानीकर्तालाई प्रतिफल प्रदान गर्ने तथा शेयरधनीको हितलाई प्राथमिकतामा राख्ने नीति अनुरूप निर्णय गरिएको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जब पहाड फुट्यो
-
संविधान दिवसमा ऊर्जा र सुशासनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै